logo
२०८१ बैशाख १३ बिहीवार



ओमानमा रहेका नेपालीलाई खोप लगाउन दुतावासको अनुरोध

विदेश |
खुला |


ओमानमा रहेका नेपालीलाई खोप लगाउन दुतावासको अनुरोध
सांकेतिक


गोरखापत्र अनलाइन
काठमाडौं, असार २४ गते । ओमान स्थित नेपाली राजदूतावासले ओमानमा कोरोना संक्रमणदर बढदै गएको भन्दै सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी गर्दै संक्रमण झन् तीव्र गतिमा फैलिरहेको भन्दै ओमानमा रहेका नेपालीलाई सचेत हँुन अनुरोध गरेको हो ।

ओमानमा कोरोनाभाइरसको अनुगमन÷मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी १६ जुलाई देखि ३१ जुलाई सम्म कायम रहने गरी सन्ध्याकालीन-रात्रीकालीन लकडाउन (साँझ छ बजेदेखि बिहान ४ बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी गरेको समेत दूतावासले जानकारी गराएको छ ।

ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिडको संक्रमणदर बढ्दै गएको छ। नेपाली दूतावास, मस्कटले ओमानमा रहेका नेपालीहरुलाइ ओमानको सर्वोच्च समितिको निर्णयहरूको पूर्ण पालना गर्न पनि अपिल गरेको छ ।

साथै कोभिड–१९ को जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न समेत अनुरोध गरिएको छ । साथै ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकाले यहाँ हुनुहुने नेपालीहरूले आ–आफ्नो कम्पनी-स्पोन्सरमार्फत खोप लगाउन समेत अनुरोध गरेको छ ।

साथै नेपाल लगायत विदेशबाट ओमान आउँदा यात्रुहरूले अनिवार्यरूपमा संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा आठ दिन क्वारेन्टिन बस्नुपर्ने छ ।ओमानमा रहेका नेपालीहरूलाई यस सम्बन्धमा थप केही बुझ्न परेमा दूतावासको सम्पर्क गर्न दूतावासको अनुरोध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?