logo
२०८१ बैशाख ८ शनिवार



साउदीमा विदेशी कामदारको क्वारेनटाइन बस्दाको खर्च रोजगारदाताले व्यहोर्ने

विदेश |
फिचर |


साउदीमा विदेशी कामदारको क्वारेनटाइन बस्दाको खर्च रोजगारदाताले व्यहोर्ने
सांकेतिक


गोरखापत्र अनलाइन
काठमाडौं, असार १४ गते । साउदीमा संस्थागत क्वारेनटाइनमा बस्दाको कामदारको खर्च सम्बधित रोजगारदाताले व्यहोर्ने भएको छ । साउदी स्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

यस अघि विदामा घर आएका वा नयाँ विदेशी कामदारले साउदी प्रवेश गर्दा क्वारेनटाइन खर्च आफै व्यहोर्नुपथ्यो । तर अब देखि क्वारेनटाइनमा ७ दिन बस्दा लाग्ने ३५ सय साउदी रियल खर्च रोजगारदाताले आफै तिर्नु पर्ने छ ।
साउदीमा कोरोना विरुद्व खोप नलगाएका बाहिरी विदेशी कामदार प्रवेश गर्दा अनिवार्य संस्थागत क्वारेनटाइन बस्नु पर्ने व्यावस्था छ ।

विभिन्न कामको सिलसिलामा घर विदामा आएका र नयाँ कामदार साउदी प्रवेश गर्दा महंगो क्वारेनटाइन खर्च तिर्नु पर्दा मर्कामा पर्दै आएका थिए । साउदी स्थित नेपाली दूतावासले साउदी सरकारलाई क्वारेनटाइन बसेको खर्च कामदारले तिर्न नपर्ने व्यवस्था गरिदिन पहल गरेको थियो ।

साथै नयाँ कामदारको खर्च पनि रोजगारदाताले व्यहोर्ने भएकोले सम्भाव्य ठगीबाट बच्न दुतावासले सवैलाई अनुरोध समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?