logo
२०८० चैत्र १६ शुक्रवार



मनाङका बाढीपहिरो पीडितलाई अमेरिकाबाट ११ लाख रुपियाँको राहत

विदेश |
प्रदेश |


मनाङका बाढीपहिरो पीडितलाई अमेरिकाबाट ११ लाख रुपियाँको राहत
हिमाली जिल्ला मनाङको चामेमो राहत सामग्री प्रदान गरिँदै । तस्बिरः बेलिना थापा, लमजुङ समाचारदाता



बेलिना थापा
लमजुङ, असार १३ गते । हिमाली जिल्ला मनाङको बाढीपहिरो पीडितले अमेरिकाबाट सहयोग पाएका छन् ।
मनाङको तिल्चे माइती, सोलु थल्लेरी घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका चुण्डी शेर्मा र उहाँको श्रीमान ङिमा शेर्माको पहलमा संकलित रकमबाट मनाङका बाढीपहिरो पीडितले राहत पाएका हुन् । शेर्पा दम्पतीले अमेरिकामा रहेका साथीभाई, आफन्त, इष्टमित्रहरुसँग सहयोग आर्थिक संकलन गरी बाढीपहिरो पीडितका लागि राहत पठाएको बताएका छन् । शेर्पा दम्पतीले मनाङको थोचें माइती, मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा घर भई काठमाडौंमा बसोबास गर्दै आउनुभएका समाजसेवी माया गुरुङको समन्वयमा पीडितलाई सहयोग पठाएका हुन् । बाढी प्रभावित क्षेत्रमै पुगेर समाजसेवी माया गुरुङ र उहाँको श्रीमान् मनिप्रसाद गुरुङले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका छन् । शुक्रबार नासों गाउँपालिका १ ताल, शनिबार नासों गाउँपालिका ३ धारापानी, नासों गाउँपालिका ६ र ७ तिल्चेका पीडितका लागि राहत प्रदान हस्तान्तरण गरिएको छ ।
आइतबार राहत सामग्री ग्रहण गर्दै चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले आवश्यकताको आधारमा राहत सामग्री पीडितलाई प्रदान गरिने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?