logo
२०८१ बैशाख ७ शुक्रवार



डिभी विजेता लगायत अन्य भिसाको अन्तर्वार्ताको लागि सहजीकरण गरिने

विदेश |
फिचर |


डिभी विजेता लगायत अन्य भिसाको अन्तर्वार्ताको लागि सहजीकरण गरिने
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३० गते । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न र डिभी लोटरी विजेताहरुलाई अन्तर्वार्ताको लागि दुतावास सम्म जानको लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उनीहरुको लागि अन्तार्वार्ताको लागि जान सहजीकरण गरेको बताउनुभयो ।

नेपाल सरकारकाबाट जारी स्वास्थ्यका मापदण्ड परिपालना गरी कुटनीतिक नियोगले आवश्यक अन्तर्वार्ता लिन सक्ने भएका छन् । काठमाडौं स्थित अमेरिकी दूतावासले डिभी विजेताहरुलाई भिसा जारी नगरेपछि आर्थिक बर्ष सन् २०२१ का नेपाली विजेताहरु चिन्तित भएका छन् ।

अव डिभी विजेताको २०२१ को म्याद तीन महिना बाँकी रहेको वेला उनीहरुले स्वास्थ्यका मापदण्ड अपनाएर भिसा अन्तरवार्ताको वातावरण बनाउन परराष्ट्रमन्त्रालय देखि विभिन्न निकायहरुलाई अनुरोध समेत गरेका छन् ।
बिजेताहरुले आगामी सेप्टेम्बर अन्त्यसम्म भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ भने उक्त समय सम्म नपाए स्वत खारेज हुँने प्रावधान छ । आर्थिक बर्ष २०२१ मा ३८०१ जना नेपालीहरुले डिभी लोटरी पार्न सफल भए पनि अहिले सम्म एक जनाले पनि भिसा पाउन सकेका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?