logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु हाे – स्वास्थ्यमन्त्री तामाङ

विदेश |


नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु हाे – स्वास्थ्यमन्त्री तामाङ



लण्डन समाचारदाता
लण्डन, जेठ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु रहेको भन्दै त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको बताउनु भएको छ । उहाँले खोपको उपलब्धतालगायत अन्य विविध कारणले खोप ल्याउन केही समय लाग्नेसमेत स्पष्ट पार्नु भएको छ ।
गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री तामाङले संयुक्त अधिराज्य(बेलायत), अमेरिका लगायत देशले कोभ्याक्सअन्तर्गत उपलब्ध गराउने प्रतिबद्धताले केही राहत मिल्ने बताउनुभयो । खोप खरीदका सरकार प्रतिबद्ध रहेको र कुनै व्यवहारिक समस्या नभएपनि खोप निर्माण भइरहेका देशहरु आफैँ महामारी नियन्त्रणमा केन्द्रित भएकोले समस्या परेको उहाँको कथन छ ।
अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन विदेशस्थित नेपाली समुदायले देखाएको तदारुकताको प्रशंसा गर्दै मन्त्री तामाङले आगामी दिनमा खोप खरिदलगायतका अन्य विषयमा सङ्घसँग सहकार्य जारी राख्ने बताउनुभयो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपालमा अक्सिजन कन्सन्ट्रेटरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही किसिमको सहयोगका लागि आह्वान गर्नुभयो । महामारीका समयमा देशमा उपलब्ध स्रोत साधन मात्रै पर्याप्त नहुने भएकोले पनि सकै नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
एनआरएनएका अध्यक्ष कुमार पन््तले देश अप्ठ्यारोमा परेको बेला गैरआवासीय नेपालीले देशलाई सघाउने संस्कार बसिसकेको बताउनुभयो । नेपाल सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको भन्दै उहाँले खोप खरिदका लागि सरकारलाई प्रस्ताव समेत गरेको बताउनुभयो । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले नेपालको खुशी र दुःख दुवैमा साथमा दिएको बताउनुभयो । एनआरएनए फाउण्डेसनका अध्यक्ष जीवा लामिछानेले फाउण्डेसनले नेपालमा सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाएको जानकारी दिनुभयो । एनआरएनका उपाध्यक्ष डा. बद्री केसीले चीनमा रहेका नेपालीहरुको सहयोगमा स्वास्थ्य सामग्री नेपाल पठाइएको र अन्य चरणमा क्रमशःसामाग्री पठाउने तयारी भइरहेको बताउनुभयो । एनआरएनएका महासचिव डा. हेमराज शर्माले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणपछि गैरआवासीय नेपाली संघले २ सय ५० जना चिकित्सकहरु परिचालन गरेको जानकारी दिनुभयो । एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतमा रहेका नेपाली समुदायले दिनुभएको आर्थिक सहयोगबाट प्राप्त कन्सरट्रेटर दुई हप्ताभित्रमा नेपाल सरकारसमक्ष पु¥याउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बेलायतबाट अक्सिजन कन्सनट्रेटर किन्नका लागि दुई करोड ५० लाख रुपियाँको प्रतिबद्धता आएको जानकारी दिनुभयो ।
यसैबीच, सोही अवसरमा नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विभिन्न देशमा रहेका नेपालीको सहयोगमा खरिद गरिएका ४८३ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?