logo
२०८० चैत्र १५ बिहीवार

   मेलम्चीको सुरुङ्ग सफाइ  



पानी रोकिए पनि पुरानो स्रोत र तालिका अनुसार वितरण गरिने

राष्ट्रिय |


पानी रोकिए पनि पुरानो स्रोत र तालिका अनुसार वितरण गरिने


मुकुन्द गैरे
काठमाडौं, जेठ २१ गते । मेलम्चीको पानी सुरुङ सफाईको क्रममा केही समय पानी आउँन अवरुद्व हुँने भए पनि पुरानै कार्यतालिका अनुसार पानी वितरण भने नरोकिने भएको छ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी केही समय आउँन रोकिने देखे पछि पुरानै स्रोतबाट पुरानै तालिकामा पानी वितरण गर्ने भएको हो ।

उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले पानी वितरणकार्य नरोकिने बताउनुभयो । केहि समय देखि मेलम्चीको पानी आए पछि एक दिन विराएर पानी पठाउने कार्यतालिका भएकोमा अव पुरानै तालिका अर्थात नौ दिनमा एक पटक पानी पठाउने गरि तयारी अवस्थामा रहेको बताउनुभयो ।

केयूकेलले पुरानो स्रोतबाट दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आएको थियो । अव बर्षातको लाग्न थालेको बताउँदै पुरानो स्रोतबाट पानी संकलन गर्न सकिने र अपुग भएको अवस्थामा बाहिरबाट सार्वजनिक ट्रयाङकरबाट पानी ल्याएर भए पनि उपभोक्तालाई खाने पानीबाट बन्चित नगराउने उहाँको भनाई छ ।

मेलम्चीको पानी आए पछि नयाँ पाइपलाइनमा दैनिक र पुराना पाइपबाट एक दिन विराएर पानी वितरण भएकोमा अव केही समय उपभोक्तालाई असहज महशुस भने हुँने उहाँले बताउनुभयो ।

सुरुङ सफाई असार पहिलो हप्ता देखि

यसै गरि पानी परीक्षण सफल भए पनि असारको पहिलो हप्ताबाट सुरुङभित्रको पानी सबै सफा गरेर सुरुङभित्र के भइरहेको छ, केही सुधार गर्नुपर्ने अवस्था भए सुधारको काम गरिने मेलम्ची खानेपानी विकास समितिले बताएको छ । उक्त सुरुङको पुरै पानी सफा गरि पून परीक्षण गर्न दुई महिना जति समय लाग्ने आयोजनाको भनाई छ ।

सुरुङ सफाई सुरु भए पछि काठमाडौं उपत्यकामा पानी आउन केही समय रोकिने भएको छ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा सुरुमा परीक्षणको रुपमा दैनिक चार करोड पठाए पनि बैशाख ६ गतेदेखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी पठाइएको छ । मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप