logo
२०८१ बैशाख ८ शनिवार



खाडी मुलुकबाट नेपालीले पठाएकाे अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण

विदेश |
खुला |


खाडी मुलुकबाट नेपालीले पठाएकाे अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण


गोरखापत्र अनलाइन
काठमाडौं, जेष्ठ २ गते । हिजो खाडी मुलुकबाट नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । उक्त सिलिन्डर आज गैरआवासीय नेपाली संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

साथै ती सिलिन्डर एनआरएनएले सुदूरपश्चिम प्रदेशमा एक सय थान,कर्णालीमा एक सय थान, लुम्बिनीमा दुई सय थान ,प्रदेश २ मा ८५ थान र गण्डकी प्रदेशमा ७५ थान अक्सिजन सिलिन्डर वितरण गर्न स्वास्थ्य मन्त्रीलाई अनुरोध गरेको छ ।

हिजो ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ उक्त सिलिन्डर नेपाल पठाएका थिए । नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।

अक्सिजन सिलिन्डर खाडी मुलुकमा रहेका नेपाली र नेपाली दूतावास ओमानको सहकार्यमा नेपाल पठाइएको हो । साथै ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै नेपाललाई उपलब्ध गराउने एनआरएनएले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?