logo
२०८१ बैशाख १३ बिहीवार



पुरानो संस्करणको कतारी नोटहरु प्रचलनमा नआउने

विदेश |
फिचर |


पुरानो संस्करणको कतारी नोटहरु प्रचलनमा नआउने
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, व्शाख २२ गते । पुरानो संस्मरणका कतारी नोटहरु प्रचलनमा नआउने भएका छ । कतारस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै चौथो संस्करणका पुराना कतारी रियाल नोटहरु १ जुलाई २०२१ सम्ममात्र प्रचलनमा रहने बताएको छ ।
साथै उक्त मितिपश्चात् ती नोटहरु प्रचलनमा ल्याउन नपाइने भनी कतारको केन्द्रीय बैंकले सूचना जारी गरेको समेत दूतावासले बताएको छ । साथै दूतावासले आफूसँग रहेका पुराना नोटहरु तोकिएको मितिसम्म नयाँ संस्करणको नोट सटही गर्नुहुनसमेत नेपालीहरुलाई अनुरोध गरेको छ । कतारको राष्ट्रिय दिवसको अवसर पारी १८ डिसेम्बर २०२० देखि कतारको केन्द्रीय बैंकले पाँचौ संस्मरणका नयाँ कतारी रियल बैंक नोटहरु प्रचलनमा ल्याएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?