logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



आठ देशबाट बुधबार ९०२ जना नेपाल भित्रिए

विदेश |
पढ्नै पर्ने |


आठ देशबाट बुधबार ९०२ जना नेपाल भित्रिए
फाइल तस्बिर


काठमाडौं, बैसाख १६ गते । कोरोना भाइरसको सङ्क्रमण तीव्र भए पनि बुधबार आठ देशबाट ९०२ जना यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन् । कोभिड १९ समस्या व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दिएको जानकारी अनुसार १० वटा अन्तरार्ष्ट्रिय उडानबाट यात्रुहरु नेपाल भित्रिएका हुन् ।

नेपाल प्रवेश गर्नेमा कुवेत, कतार, भारत, मस्को, हङकङ, मलेसिया, दुवइ लगायतका छन् । ९०२ जनामध्ये १२८ जना विदेशी मूलका नागरिक रहेका छन् । नेपाल आएका यात्रुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य मापदण्ड अपनाइएको सिसिएमसीले प्रेसविज्ञप्ति मार्फत जानकारी गराएको छ ।

सरकारले विदेशबाट नेपाल प्रवेश गर्नका लागि कडाइ गरेको छ तर मापदण्ड पालना गरी प्रवेश गर्नेहरुका लागि भने स्वास्थ्य मापदण्ड पालना गरे पश्चात मात्र गन्तव्यमा पठाउने गरिएको सिसिएमसी सचिवालयका संयोजक सचिव डा.खजराज बरालले जानकारी दिनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप