logo
२०८१ बैशाख २६ बुधवार



आठ देशबाट बुधबार ९०२ जना नेपाल भित्रिए

विदेश |
पढ्नै पर्ने |


आठ देशबाट बुधबार ९०२ जना नेपाल भित्रिए
फाइल तस्बिर


काठमाडौं, बैसाख १६ गते । कोरोना भाइरसको सङ्क्रमण तीव्र भए पनि बुधबार आठ देशबाट ९०२ जना यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन् । कोभिड १९ समस्या व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दिएको जानकारी अनुसार १० वटा अन्तरार्ष्ट्रिय उडानबाट यात्रुहरु नेपाल भित्रिएका हुन् ।

नेपाल प्रवेश गर्नेमा कुवेत, कतार, भारत, मस्को, हङकङ, मलेसिया, दुवइ लगायतका छन् । ९०२ जनामध्ये १२८ जना विदेशी मूलका नागरिक रहेका छन् । नेपाल आएका यात्रुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य मापदण्ड अपनाइएको सिसिएमसीले प्रेसविज्ञप्ति मार्फत जानकारी गराएको छ ।

सरकारले विदेशबाट नेपाल प्रवेश गर्नका लागि कडाइ गरेको छ तर मापदण्ड पालना गरी प्रवेश गर्नेहरुका लागि भने स्वास्थ्य मापदण्ड पालना गरे पश्चात मात्र गन्तव्यमा पठाउने गरिएको सिसिएमसी सचिवालयका संयोजक सचिव डा.खजराज बरालले जानकारी दिनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?