logo
२०८१ बैशाख १२ बुधवार



काेभिडबारे छलफल गर्न उपत्यकाका सुरक्षा अधिकारीबीच बैठक जारी

राष्ट्रिय |


काेभिडबारे छलफल गर्न  उपत्यकाका सुरक्षा अधिकारीबीच  बैठक जारी


मुकुन्द गैरे
काठमाडौ, वैशाख १३ गते । कोरोना सङ्क्रमणकाे बढ्दो अवस्थालाई दृष्टिगत गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुुख जिल्ला अधिकारी र सुरक्षा निकायबीच अहिले छलफल चलिरहेको छ ।

बैठक अहिले काठमाडौं जिल्ला प्रशासनको कार्यालयमा चलिरहेको छ । हिजो जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरे लगतै आज अर्को छलफल चलेको हो ।

देशका केही जिल्लामा निषेधाज्ञा जारी रहेको बेला काठमाडौं उपत्यकामा आगामी दिनमा के रणनीति बनाउने भनेरै छलफलमा जुटेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले गोरखापत्र अनलाइलाई जानकारी दिनुभयो ।

निषेधाज्ञा लगाउने वा नलगाउने भन्ने विषयमा छिटटै निर्णयमा पुग्ने उहाँले बताउनुभयो । यसको साथै कोरोना सङ्क्रमण रोकथामको उपायका विषयमा गहन छलफलमा जुटेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा आजदेखि एक साताका लागि बन्द भइसकेका छन् ।

अत्यावश्यकमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यसहित अन्य अत्यावश्यक सिफारिसका सेवा सुचारु हुने उहाँले जानकारी दिनुभयो । यसै गरी नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचय पत्र , राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता, नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवा आजबाट बन्द भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप