logo
२०८१ बैशाख ७ शुक्रवार

  सीसीएमसी बैठक सम्पन्न  



सोमबारबाट सबै तहका परीक्षा स्थगित गर्न सिफारिस

पढ्नै पर्ने |
शिक्षा |


सोमबारबाट सबै तहका परीक्षा स्थगित गर्न सिफारिस


मुकुन्द गैरे
काठमाडौं, बैशाख १२ गते । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि ( सोमबार ) बाट सबै परीक्षा स्थगित गर्न  सिफारिस गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब अहिले वैकल्पिक विधिबाट पठनपाठन भइरहेको छ ।

सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ । विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् ।

विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ । अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने मन्त्रालयको भनाई छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप