logo
२०८० चैत्र १६ शुक्रवार



भारतद्वारा गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान

खुला |


भारतद्वारा गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान


    
काठमाडौँ, वैशाख ९ गते । भारत सरकारले नेपालका गैरनाफामूलक सङ्घसंस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप बस तथा एम्बुलेन्स प्रदान गरेको छ । यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र छ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो ।    
    
यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्डानुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो ।    
    
हालसम्म भारतले ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कूल बस उपहारस्वरुप नेपालका सामाजिक सङ्घसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ । नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कूल बस उपलब्ध गराउँदै आएको छ ।    
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?