logo
२०८० चैत्र १६ शुक्रवार



एक सातासम्म वर्षा

खुला |


एक सातासम्म वर्षा



चाँदनी हमाल

काठमाडौँ, वैशाख ४ गते । प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ ।  मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार देशका सातै प्रदेशमा आउँदो साता बदली र वर्षाको सम्भावना रहेको छ । वर्षा शुक्रबारदेखि राजधानी उपत्यका लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ ।
साताका अधिकांश दिनमा हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भएको हो । तराईका भूभागमा साताको सुरु र अन्त्यमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । सो अवधिका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ । त्यस्तै साताको मध्यमा आंशिक बदली रही सामान्य मौसम रहने जनाइएको छ ।
कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा साताको सुरु र अन्त्यताका थोरै स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुनेछ ।
त्यसैगरी प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको सुरु र अन्त्यको समयमा थोरै स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना रहेको छ । यस साताभर हिमाल, पहाड र तराईका सबैजसो स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का वृद्धि हुनेछ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार यतिबेला नेपालमा पश्चिमी वायु र स्थानीय वायु दुवै सक्रिय छन् । प्रीमनसुनको झन्डै दुई महिनासम्म वर्षा हुन नसके पनि अबको केही दिन हुने हल्कादेखिको मध्यम वर्षाले राहत पु¥याउने उहाँले जानकारी दिनुभयो ।

सचेत रहन अपिल
चैत वैशाखको मौसम हावाहुरी र चट्याङ पर्ने मौसम पनि भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बिहीबार देशका विभिन्न स्थानमा मध्यम खालको हावाहुरीसहित हल्का वर्षा भएको थियो । हावाहुरीसँगै आएको चट्याङले क्षतिसमेत पु¥याएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ ।
बिहीबार देशका पहाडी भूभागका ६ स्थानमा चट्याङले क्षति पु¥याएको प्राधिकरणले जनाएको छ । चट्याङले भोजपुर, तेह्रथुम र बाग्लुङमा एक÷एक जनाको ज्यान लिएको छ । अन्य तीन जना घाइते भएका छन् । गतवर्ष वैशाखदेखि चैत महिनाको अवधिमा ९७ जनाको चट्याङ लागेर मृत्यु भएको थियो ।
विशेष गरी मोरङ र काठमाडौँमा हावाहुरी आएको छ । बिहीबारको हावाहुरीले भौतिक क्षति पु¥याएको हो । हावाहुरी अझै आउन सक्ने भएकाले घर बाहिर हिँडडुल गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । हावाहुरीको सिजनसँगै भारतको राजस्थानबाट धुलोसहितको प्रदूषणसमेत आइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?