logo
२०८० चैत्र १६ शुक्रवार



राजदूत भण्डारी र कुवेतका सहायक विदेश मन्त्रीबीच भेटवार्ता

विदेश |
खुला |


राजदूत भण्डारी र कुवेतका सहायक विदेश मन्त्रीबीच भेटवार्ता


गाेरखापत्र अनलाइन
काठमाडौं, चैत्र २६ गते । कुबेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतका परराष्ट्र मन्त्रालयका एसिया मामिलाका लागि सहायक विदेशमन्त्री अली सुलेमान अल सईद बीच भेटवार्ता भएको छ । हिजो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको कुबेतस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।

भेटका अवसरमा उहाँहरू बीच कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण उत्पन्न असहज परिस्थिति र यसबाट छुटकारा पाउन भइरहेका प्रयासहरू बीच छलफल भएको दूतावासले जानकारी दिएको छ । भेटमा नेपालीहरूको रोजगारीको सुरक्षा, रोजगारीका थप सम्भावना र यसको क्षेत्र विस्तार लगायत नेपाल र कुवेतबीचका दुईपक्षीय सम्बन्धको अभिवृद्धि तथा आपसी हितका विषयमा कुराकानी भएको हो ।

भेटका अवसरमा कुवेतको परराष्ट्र मन्त्रालयका कर्मचारी र नेपाली राजदूतावासका कर्मचारीको पनि सहभागिता रहेको दूतावासले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?