logo
२०८० चैत्र १६ शुक्रवार

  प्रवासमा महामारी अनुभव  



दोस्रो लहरपछि पनि इटालीमा जनजीवन सहज हुँदै

विदेश |


दोस्रो लहरपछि पनि इटालीमा जनजीवन सहज हुँदै


म इटालीको भेनस शहरमा बस्छु । यहाँ म  विगत  १६ वर्षभन्दा बढी समयदेखि रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्दै आएको छु । पहिलो चरणमा देखापरेको कोरोना संक्रमण कम भएसँगै दोस्रो लहर चलेको कारण केही समय मानिसको दैनिक जीवनमा असहज बनायो ।

पछिल्लो दिनमा कोरोना संक्रमणको दर घढ्दो छ । केहीदिन अघि दैनिक २० देखि २२ हजारको हाराहारीमा कोरोना संक्रमण देखिएकोमा मंगलबार सो संख्या घटेर सात हजारको हाराहारीमा देखिएको छ । अब आगामी दिनमा संक्रमणदर घट्ने अनुमान गरिएको छ ।

कुनै समय इटालीमा दैनिक ४० देखि ४५ हजारसम्म कोरोनाको संक्रमण देखिएको थियो । यहाँको सरकारले कोरोनाको संक्रमण थप फैलिन नदिन कडा सतर्कता अपनाएको छ । तर पनि इटालीको धेरै क्षेत्रमा कोरोनाको संक्रमण घट्ने क्रम देखिएको छ ।

कोरोनाको संक्रमणको संवेदनशीलतालाई ख्याल गरेर बीचमा केही समय स्कुल र कलेजलगायत सबै शैक्षिक संस्थाहरू खुला गरे पनि फेरि दोस्रो चरणमा संक्रमण दर देखा परेपछि अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ ।
तर यसैबीच पाँच कक्षाभन्दा तलका स्कुल भने खुला गरिएको छ । बुवाआमा काममा जानुपर्ने र बच्चा हेर्ने मानिस नहुने भएकाले पाँच कक्षाभन्दा स्कुलहरु खुला गरिएको छ 

हामी बस्ने क्षेत्रमा मानिसको जमघट भई कुराकानी गर्न र खेल खेल्न, औपचारिक रुपमा जम्मा भएर कार्यक्रमहरु गर्न अहिले पनि बन्द गरिएको छ । सडकमा हिँड्डुल गर्न रोक छैन तर अनिवार्य मास्क लगाउनुपर्ने प्रावधान ल्याइएको छ । यसैगरी सार्वजनिक यातायातमा चढ्दा दुई जना बस्न मिल्ने सिटमा एकजना मात्र बस्न पाइने व्यवस्था गरिएको छ ।

पहिलाको तुलानामा कोरोना संक्रमण देखिएसँगै मानिसको दैनिक जीवन सामान्यतर्फ जान थालेको देखिन्छ । अरु औद्योगिक क्षेत्रलगायत खाद्यन्न, सुपर मार्केट औषधि पसल, पानी, तेल, तरकारी, मासु लगायत दैनिक जीवनमा प्रयोग हुने सामान खुला छन् ।

तर धेरै भीडभाड हुने रेष्टुरेण्ट होटलमा धेरै जना बसेर खान नदिए पनि खानेकुरा किनेर लैजान भने सहजै रुपमा पाइएको अवस्था छ । यहाँका मानिस पहिला कोरोनाका कारण केही हतोत्साहित भएको देखिए तापनि पछिल्लो समय सहजरुपमा लिइएको पाइन्छ । इटालीमा दुई हजारभन्दा बढी नेपाली विभिन्न पेशा व्यवसायसँगै विभिन्न काममा रहेको अनुमान छ ।

मानिस कामका लागि बाहिर निस्केको देखिन्छ भने कोरोनाबाट बच्न सबैले मास्क लगाएको देख्न पाइन्छ । पहिला साना बच्चालाई मास्क नलगाइएको पाइए तापनि अहिले सानो उमेरका बच्चालाई समेत मास्क लगाइदिइएको देख्न पाइन्छ 

विमानस्थलमा आवतजावत सुचारु अवस्थामा छ । बाहिरी मुलुकबाट आउनेले कोरोना परीक्षणको रिर्पोट र दश दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कुनै पनि देशमा आवतआवत गर्न हालको अवस्थामा रोकिएको छैन ।
इटाली सरकारले कोरोना संक्रमण थप फैलिन नदिन र आपतकालीन अवस्था आएको खण्डमा भेन्टिलेटरदेखि स्वास्थ्य उपचार सामाग्री तयारी अवस्थामा राखेको देख्न पाइन्छ । मानिसको स्वास्थ्यमा सरकार गम्भीर भएर लाग्दै आएको छ ।

तीन लाख जनसंख्या भएको क्षेत्रभित्र दैनिक ३५० भन्दा बढी कोरोना संक्रमण देखापरेमा त्यस क्षेत्रलाई रेड जोनको रुपमा राखेर कडाइ गरिने गरिएको छ । यसैबीच भ्याक्सिन लगाउने कार्य पनि निरन्तर अगाडि बढेको छ ।
फन्ट्रलाइनमा काम गर्ने डाक्टर, नर्स र प्रहरीलगायतले सबैलाई सरकारले भ्याक्सिन लगाइसकेको अवस्था छ । अहिले ७५ वर्षभन्दा माथिका वृद्धालाई कोरोना खोप लगाउन सुरु भएको छ ।

(इटालीको भेनस शहरमा रहनुभएका एनआरएनए इटालीका पूर्वमहासचिव राजन चापागाईंसँग गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले गरेको कुराकानीमा आधारित )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप