logo
२०८१ बैशाख १३ बिहीवार



बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

विदेश |
पर्यटन |


बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त


करुण अर्याल
लण्डन,फागुन २१ गते ।  बेलायतमा सफल व्यवसायीको परिचय बनाउनु भएका महन्तबहादुर श्रेष्ठलाई नेपाल पर्यटन बोर्डले बेलायतका लागि मानार्थ जनसम्पर्क प्रतिनिधि ि नयुक्त गरेको छ ।
गैर आवासीय नेपाली सङ्घ, बेलायतका संस्थापक अध्यक्ष समेत रहनु भएका श्रेष्ठलाई बोर्डले दुई वर्षका लागि प्रतिनिधिमा नियुक्त गरेको हो । यससंगै बोर्डले श्रेष्ठलाई प्रेस विज्ञप्ति, समाचार र प्रवर्धनात्मक सामग्रीहरु उपलब्ध गराउनेछ । श्रेष्ठले नेपाली दूतावास लन्डन, टुर अपरेटर्स, होटल व्यवसायीलगायत सरोकारवालासँग निकट रहेर कामगर्नुपर्नेछ ।
सन १९७६ मा बेलायत आउनु भएका श्रेष्ठ रेष्टुरेष्ट र प्रोपर्टीव् यवसायमा सँलग्न श्रेष्ठको वियर फ्याक्ट्री छ । प्रतिनिधि नियुक्त भएपछि श्रेष्ठले नेपालको पर्यटन प्रर्वधनगर्न कुनै कमी नगर्ने बताउनु भयो । उहाँले बेलायतमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडान गर्न पहलगर्ने बताउँदै नेपाललाई चिनाउने खालका गतिविधिग र्ने योजना रहेको सुनाउनुभयो । पर्यटकका लागि नेपाल एक उत्कृष्ट गन्तव्य रहेकाले पर्यटकको सुविधा ध्यानदिनुपर्ने बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?