logo
२०८१ बैशाख ४ मंगलवार



आगलागी हुँदा ४० लाखको क्षति

खुला |


आगलागी हुँदा ४० लाखको क्षति
आगलागीबाट क्षेति पुगेको होटलको तल्लो भाग । तस्विर–अमरराज नहर्की



अमरराज नहकी
तनहुँ, फागुन १८ गते । व्यास नगरपालिका–४ ट्राफिक चोक, दमौलीस्थित होटल सःस इनमा सोमबार राति आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट होटलको तल्लो तल्लाको भागमा पूर्ण रूपमा क्षति पुगेको सो रकम बराबर भौतिक संरचनामा नोक्सान पुगेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । विद्युत सट भई आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
राति पौने २ बजे आगलागी भएको एकजना हाम्फालेर बाच्न सफल भएको होटल सञ्चालक रोजा शाहीले जानकारी दिनुभयो । व्यास नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएकाले अन्यन्त्र आगो फैलन नपाएको डिएसपी तिमिल्सिनाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?