logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाको नयाँ प्रजाति नेपालमा पनि जन्मन सक्छ सचेत हौंः डा.पुन

स्वास्थ्य |
पढ्नै पर्ने |




मुकुन्द गैरे/ दृश्यमा मनोजरत्न शाही
काठमाडौं, फागुन ८ गते । नेपालमा कोरोना संक्रमण देखापरेको एक वर्ष पुग्न लागेको छ । एक वर्ष पुग्नै लाग्दा कोरोना विरुद्धको खोप पनि नेपालमा आइसकेको छ । पछिल्लो समय आम नागरिकले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सामान्य रुपमा आफ्ना गतिविधि गरेका छन् । कोरोना संक्रमणको जोखिम नै नभएको हो कि भन्ने गरी बढ्न थालेको राजनीतिक गतिविधिका कारणले पनि खतरा बढेको जानकारहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन कोरोनाविरुद्वको खोप लगाउने काम सुरु भएको भए पनि सवैले नलगाएको अवस्थामा अझै पनि आफ्ना दैनिकी गतिविधि गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्न उतिकै आवश्यक रहेको बताउनुहुन्छ ।

कोरोना हट्यो भन्ने जसरी गरेर मानिस भिडभाड्मा जाँदा पनि मास्क, सेनिटाइजरको प्रयोग नगर्ने गरिएको छ, त्यो गलत भएको उहाँ बताउनुहुन्छ । सबै मिलेर सावधानीका साथ आफ्ना गतिविधि गरेमा परिवार, समाज, देशलाई नै कोरोना संक्रमणबाट बचाउन सकिनेमा उहाँको ठहर छ ।

अर्को कोरोनाको लहर नआउला भन्न सकिँदैन
नेपालमा कोरोना संक्रमणको जोखिम अझैँ नटरेकाले जनस्वास्थ्यका मापदण्डलाई राम्ररी पालना नगरे महामारी पुनः दोहोरिन सक्ने खतरा त्यतिकै मात्रमा रहेको डा. पुन बताउनुहुन्छ । नेपालमा संक्रमण दर पछिल्लो समय घटेको भए तापनि पूर्णरुपमा सरकारले कोरोनामुक्त भयो भनेर घोषणा नगरेसम्म खतरा त्यतिकै मात्रामा रहने उहाँ बताउनुहुन्छ ।

संक्रमण आफै फैलिनेभन्दा पनि मानिसको आवतजावत स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण सर्ने हो । नेपालमा खानपानको कारण कोरोना संक्रमण कम भयो भन्ने चिया पसल देखि सडक सडकमा भन्ने गरेको सुन्ने गरिन्छ यस विषयमा वैज्ञानिक आधार नभएकोले यो नै भन्न सकिने अवस्था नभएको डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

तर मेरो अनुमान यूरोप अमेरिकामा कोरोनाको दर र क्षति भए जसरी नेपालमा त्यहि अनुपातमा हुन्छ भनेर आफूले पहिले पनि अनुमान नगरेको उहाँ बताउनुहुन्छ । नेपालमा कोरोना भाइरसका अरु प्रजाति पनि यस पहिले पनि रहेको उहाँको भनाइ छ ।

दोस्रो खालको काेरोनाको संक्रमण बेलायतमा देखापर्न थालेको जस्तै नेपालमा पनि देखापर्न सक्ने वा आयातित हुन सक्ने भएकाले सुरक्षाका मापदण्ड अपनाउन आवश्यक छ । भाइरस आफैँमा रुपान्तरित भएर नयाँ रुपमा आउने भएकाले नेपालमै पनि उत्पन्न हुनसक्ने खतरा त्यत्तिकै मात्रामा रहेकाले चनाखो हुन आवश्यक छ ।

खोप आएसँगै कोरोनाबाट मुक्त भइन्छ भन्ने खालका विश्वासमा बेवास्ता गर्नु नहुने उहाँले सुझाव दिनुभयो । विदेशबाट आउने मानिसलाई अनिवार्य कडाइका साथ क्वारेन्टाइनमा बस्ने व्यवस्थापन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

खोप ढुक्क भएर लगाऔं, शंका गर्न आवश्यक छैन

अस्पतालका डा. शेरबहादुर पुन कोरोना खोप लगाउदा कुनै शंका गर्न आवश्यक नभएको बताउनुहुन्छ । नेपालमा लगाउन सुरु भएको खोप भारतमा पनि लगाइएको र उक्त खोपले सामान्य बाहेक अरु कुनै असर नगरेको र मृत्यु पनि नदेखिएकोले ठुक्क भएर खोप लगाउन उहाँको सुझाव छ ।

नयाँ आएको खोप शंका आशंका गर्नु अरुले लगाए पनि हेरेर मात्र लगाउछु भन्ने आम मानिसको धारणा भए पनि स्वाभाविक भएता पनि डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाइ छ । नेपालमा कोरोनाको खोपको सकारात्मक भन्दा नकारात्मक प्रसार भएकोले पनि भ्रम सिर्जना भएको डा. पुन बताउनुहुन्छ ।

खोप लगाएपछि के खान हुन्छ के खान हुँदैन्

कोरोना खोप लगाएको मानिसले खानपानमा के के खान हुन्छ के खान हुँदैन भनेर अलमलमा परेको सुन्ने गरिन्छ ।यसैबीच अस्पतालका डा. शेरबहादुर पुन यस अघि दैनिक रुपमा खाँदै आएका खाना खान हुने बताउनुहुन्छ ।के खान हुने के नखान नहुने ठयाक्कै वैज्ञानिक आधार नभनेको अवस्थामा आफनो सवास्थ्य हेरेर खाना खान उहाँको सुझाव छ । खास गरी कोरोना खोप लगाएपछि पोषणयूक्त खाना खाँदा राम्रो हुन्छ । तर   मद्यपान, धुम्रपान, र सुर्ती जन्य सेवन नगर्दा राम्रो हुने उहाँको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप