logo
२०८० चैत्र १६ शुक्रवार

 बहसमा कृषिमा वैदेशिक लगानी 



आवश्यक छैन: कृषक, सर्तसहित ल्याउँदा उपयुक्त: विज्ञ

पढ्नै पर्ने |


आवश्यक छैन: कृषक, सर्तसहित ल्याउँदा उपयुक्त: विज्ञ


मुकुन्द गैरे
काठमाडौं, पुस २८ गते । सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानी ल्याउन दिने भए पनि कृषिमा विदेशी लगानी भित्र्याउन हुने वा नहुने भन्नेमा बहस सुरु हुन थालेको छ । नेपालमा केही कृषकहरुले विदेशी लगानी भित्रयाउन साना किसान मर्कामा पर्ने बताउन थालेका छन् ।
नेपाल सरकारद्वारा कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यावस्था र त्यसको विरोधमा विभिन्न कृषि उद्यमसँग सम्बधित संघसंस्थाले विरोध गरेका छन् ।अर्थविद् चन्द्रमणि अधिकारी कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा विदेशीलाई सर्तसहित लगानी गर्न दिँदा राम्रो हुने बताउनुहुन्छ । पहिलो कुरा विदेशीलाई लगानी गर्न दिँदा कृषिमा थप पुँजी, प्रविधि र सीप आउँछ कि आउँदैन त्यो पहिलो प्राथमिकताको कुरा भएको उहाँ बताउनुहुन्छ ।

यसको साथै नेपाली उद्योगीलाई पनि अनिवार्य सहभागिता गराएर ल्याउन आवश्क भएको अर्थविद् अधिकारी बताउनुहुन्छ । उदाहरणका लागि चियालाई एउटै प्रशोधन, उत्पादन, अन्तर्राष्ट्रिय बजारमा वितरणमा गर्दा पनि नेपालका निजी क्षेत्रलाई सहभागिता गराएर सर्तसहित दिनुपर्नेमा उहाँको जोड छ ।

लगानी गर्न कुन–कुन क्षेत्रमा दिने त्यस सम्बन्धी सर्तसहित दिनुपर्छ सवै क्षेत्रमा विना सर्त दिइयो भने हाम्रो बीउविजन, मौलिकता नै हराएर जाने खतरा हुने नेपालका कृषकलाई पनि जोगाएर लैजानुपर्ने उहाँ बताउनुहुन्छ । कृषिका सवै क्षेत्रमा विदेशीलाई लगानी गर्न दिइयो भने दीर्घकालीन रुपमा असर गर्नेमा उहाँको जोड छ । सर्त सहित लगानी गर्न दिइएमा नेपालको लागि फाइदा पुग्नेमा उहाँको विश्वास छ ।

यसैबीच लामो समयदेखि कृषकसँग प्रत्यक्ष जोडिनुभएका नेपाल राष्ट्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक कृषिमा विदेशी लगानी अहिलेको आवश्यक भएको बताउनुहुन्छ । नेपालमा कृषिमा लगानीको अवस्था कमजोर भएको अवस्थामा ठूलो मात्रमा विदेशी लगानी भित्रयाउन सकियो भने लगानीसँगै प्रविधिको साथै सीपसमेत भित्रयाउन सकिने अध्यक्ष पाठक बताउनुहुन्छ ।

अहिलेको अवस्थामा थोरै–थोरै जग्गामा कृषि गर्दा लगानी बढी र उत्पादित सामान महङगो भइरहेकोले पनि अव ठूलो लगानीमा चक्लाबन्दी तरिकाले खेती गर्न आवश्यक भएको पाठक बताउनुुहुन्छ । नेपालमा प्राप्त कृषि, पशु प्राविधिक नहुँदा कृषक समस्यामा पर्ने गरेका छन् । साथै कृषकका लागि चाहिने कोल्ड स्टोर, बजार, कृषि सडक लगायत विभिन्न समस्या रहेको उहाँको भनाइ छ ।

ठूलो मात्रमा लगानी गरेर धेरै मात्रमा उत्पादन गर्न सकियो भने विदेशी उत्पादित बस्तुसँग प्रतिस्पर्धा गर्न सकिने अध्यक्ष पाठकको दावी छ । विदेशी लगानी भित्र्याउन नीति अनुसार पारदर्शी तरिकाले कार्यान्वयन हुन आवश्यक रहेको उहाँको भनाइ छ । विदेशी लगानीको नाममा सुकिलामुकिला झाेलामा फाइल बोक्नेलाई मात्रै अनुदान दिए विदेशी लगानीको पनि कुनै अर्थ नरहने उहाँको भनाइ छ ।

साना किसानलाई सञ्जालमा जोड्न सकियो भने साना कृषकलाई पनि कुनै असर नगर्ने उहाँको विश्वास छ । यता अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी पोल्ट्री क्षेत्रमा नेपालका व्यवसायी नै आत्मनिर्भर भएको अवस्थामा यो क्षेत्रमा विदेशीको कुनै लगानी आवश्यक नभएको बताउनुहुन्छ ।

नेपालमा उत्पादन भएका कुखुरा, अण्डा, लगायत मासुमा समेत आत्मनिर्भर भएर बाहिर पठाउने अवस्थामा पुगेको अध्यक्ष केसीको दावी छ । यसै बीच नेपालका उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

यसैबीच नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले विदेशी लगानी मुलुकका लागि आवश्यक भएको भए तापनि उक्त लगानीलाई प्रवर्धन गर्न सरकारले जनाएका विगतका प्रतिबद्वता पूरा गर्नु आवश्यक आवश्यक रहेको व्यवसायीको माग छ ।
यससँग सम्बन्धित नीति नियम, निर्देशिका, कार्यविधि बनाउँदा वा कुनै संशोधन गर्दा निजी क्षेत्रसँग अनिवार्य रुपमा छलफल गर्न पनि उनीहरुको माग छ ।

कृषि क्षेत्रमा विदेशी लगानी गर्ने सन्दर्भमा त्यसबाट भित्रिने प्रविधि, यसले उपयोग गर्ने कच्चा प्रदार्थ र निर्यातको अवस्थामा हेरेरमात्र निर्णय गर्नु आवश्यक रहेको महासंघ र परिसंघले बताएका छन् ।त्यसैले उच्चतम प्रविधि भित्रयाउने स्वदेशी कच्चा प्रदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरे मात्र कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय कार्यान्वयनमा लगिनुपर्ने उनीहरुको सुझाव छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप