logo
२०८० चैत्र १६ शुक्रवार



 माल्टा र नेपालबीच संसदीय मैत्री समूह स्थापना

विदेश |


 माल्टा र नेपालबीच संसदीय मैत्री समूह स्थापना


गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २२ गते । नेपाल तथा माल्टाका संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने एवं दुवै मुलुकका संसद सदस्यज्यूहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गणतन्त्र माल्टाको संसदमा माल्टा( नेपाल संसदीय मैत्री समूह स्थापना भएको छ।
माल्टा( नेपाल संसदीय मैत्री समूहमा गणतन्त्र माल्टाको प्रतिनिधि सभाका सांसदहरु रहनुभएको छ। संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा।दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधि सभाका सभामुख एन्जेलो फारुजियाको पहलमा सो संसदीय मैत्री समूह गठन भएको हो।

युरोपियन युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यसअघि माल्टामा माल्टा(नेपाल मैत्री समाज एवं माल्टा(नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?