logo
२०८१ बैशाख १३ बिहीवार



कोरोनाका कारण साउदी अरबमा एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान स्थगन

विदेश |


कोरोनाका कारण साउदी अरबमा एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान स्थगन


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । साउदी अरबको आन्तरिक मन्त्रालयले आजबाट लागू हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ । सो कुरा साउदी अरबस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत सूचनामा उल्लेख छ ।
यसैगरी, साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड –१९ संक्रमण नियन्त्रणका लागि ५० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।
यो आदेशको उल्लङ्घन गर्ने विरुद्ध साउदी रियाल १५ हजारसम्म जरिवाना हुने जनाएको छ । तसर्थ, सरकारले जारी गरेको हवाई उडानलगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?