logo
२०८० चैत्र १६ शुक्रवार

  विदेशी नागरिक निष्कासन  



पारिवारिक झैझगडा र टाट पल्टिए पछि नेपालमा लुक्ने धेरै

राष्ट्रिय |


पारिवारिक झैझगडा र टाट पल्टिए पछि नेपालमा लुक्ने धेरै


मुकुन्द गैरे
काठमाडौं, मंसिर ६ गते । सरकारले शुक्रबार गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमनका मोहम्मेद इस्माइल अम्मेद ओबाडीन र नसीम इस्माइल अम्मेद ओबाडीनलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

उनीहरुले बुझाउनु पर्ने बिलम्ब शुल्क मिनाहा गरी फिर्ता पठाउन लागिएको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको थियो ।
यी नागरिकले नेपालमा भिसाको अवधि सिधिए पनि लुकीछिपी नेपाल बसेका थिए । अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले २० हजार डलर जरिवाना तिर्नु पर्ने भएको सात हजार मात्र तिर्न सक्ने बताएकोले अरु शुल्क  मिनाहा गरिदिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

यसै गरी यमनका नागरिकको हकमा पनि पाँच हजार डलर मिनाहा गरेर निस्कासन गर्ने निर्णय भएको हो । विदेशी नागरिक भिसाको अवधि सकिए पछि जरिवाना तिर्न सक्नेको हकमा अध्यागमनले निष्कासन गर्छ भने जरिवाना तिर्न नसक्ने नागरिकको हकमा भने मन्त्रिपरिषद्को निर्णयले शुल्क मिनाहा गरेर मात्रै अध्यागमनले नेपालबाट निस्कासन गर्न पाउँछ ।

यि नागरिक लामो समयसम्म नेपालमा अध्यागमनको नियन्त्रणमा रहेका र विरामी भएर सिकिस्त समेत रहेकोले कति दिन नेपालमा पालेर राख्ने भन्दा शुल्क मिनाहा गरेर पठाउँदा उचित देखिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो ।
नेपालको बसाईमा उनीहरुले अरु कुनै खालका अपराधिक गतिविधिका संलग्न नरहेको देखिएको समेत उहाँले बताउनुभयो । उनीहरु विदेशी सामान्य नागरिक हुन् । पछिल्लो समय नेपालमा गैरकानुनी रुपमा नेपाल बस्ने विदेशी नागरिकको संख्या बढीरहेको बताईन्छ ।

यसरी नेपालमा विगत पाँच वर्षको अवधिमा गैर कानुनी गतिविधिमा संलग्नहरु मध्ये ५३६ जना विदेशी नागरिक निस्कासित भएका छन् ।आफनो देशमा विभिन्न घरायसी झै झगडा लगायत आर्थिक रुपमा टाट पल्टिए पछि नेपालमा पर्यटन भिसामा आएर बिभिन्न अपराधिक गतिविधिका संलग्न रहनेको संख्या पनि धेरै रहेको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारी बताउनुहुन्छ ।

कोही नेपालमा सस्तो खाना, बस्न पाईने भएको र पारिवारिक रुपमा बिछिप्त भएर नेपाल आएर बस्ने गरेको पाइएको छ । केही मानसिक सन्तुन बिग्रेका पनि यहाँ आएर झै झगडा गर्ने मानव अधिकार उलंग्न भयो भनेर भिसाको म्याद सकिए पनि वेवारिसे भएर बस्ने गरेका भेटिने गरेको अध्यागमन विभागको भनाई छ ।

नेपालमा आएर आर्थिक बर्ष २०७१–२०७२ देखि आव २०७५–२०७६ विभिन्न अपराधमा संलग्न भई ४७४ जना निष्कासित भएको अध्यागमन मुद्दा शाखाले जनाएको छ । यि अपराधमा संलग्न भई अदालतबाट सजाय भुक्तानी पछि निकासित गरेको संख्या हो ।
तर भिसाको म्याद सिधिएर पनि लुकिछिपी बस्नेको विदेशी प्रत्येक बर्ष बढीरहेको अध्यागमन विभागको भनाई छ ।

यसै गरी २०१९ मात्रै एक बर्षको अवधिमा ५७८ जना ओभरस्टे बसेका विदेशी नागरिकलाई नेपालबाट निष्कासित गरिएको विभागले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ । अध्यागमको हिसावले गैरकानुनी दुई थरीका हुने गर्छन् । एक थरी लागुऔषध, बैंकिङ कसुर, विद्युतीय अपराध, सुन चोरी पैठारी, अवैध हुन्डी कारोवार, खोटा चलन, जाली राहदानी अपराधमा परेकालाई अदालतले कैद सजाय भुक्तान गरे पछि देशबाट अध्यागमनले निस्कासन गर्छ ।

अर्कोथरी अपराध केहि गदैन्न तर नेपालमै भिसाको म्याद सिधिएको भएता पनि लुकीछिपी नेपालमै बस्छन् नेपाल प्रचलित कानुनले पर्यटक भिसा लिएर १५० दिन भन्दा बढी दिन बस्न नपाइने विभागका विर्देशक तिवारी बताउनुहुन्छ । भिसाको म्याद सिधिए पनि नेपालमै बस्ने विदेशी नागरिकालाई अध्यागमनले कानुन बमोजिम जरिवाना तिराएर निष्कासित गर्ने गर्छ ।

तर अहिले कोरोना कारण नेपालबाट आफनो देश फर्कन नसक्ने विदेशी नागरिकको हकमा १५० दिन भिसाको म्याद नाघे पनि भिसाको म्याद डिसेम्बर १५ सम्म थप्न सकिने अवस्था रहेको निर्देशक तिवारी बताउनुहुन्छ ।अहिले कोरोनाको कारणले सम्बधित मुलुकमा पनि लकडाउन र नेपालमा पनि कोरोनाको प्रभावका कारण समयमा फर्कन नसकेका विदेशी नागरिकालाई भिसाको म्याद थप गर्न छुट दिइएको छ ।

यसै गरी यो आर्थिक बर्षमा अर्थात लकडाउनको अवधिमा पनि अपराधमा संलग्न विदेशी नागरिकलाई निष्कासन गर्ने काम भईरहेको विभागका निर्देशक तिवारी बताउनुहुन्छ ।नेपालमा आएर अपराधिक गतिविधिमा संलग्न मध्ये बढीमा बंगलादेशी, पाकिस्तानी, इरानी,रुसी,बेलायत र चिनियाँ, नागरिक रहेका अध्यागमन विभागको भनाई छ ।

इरानी नागरिक जाली राहदानी, चिनियाँ नागरिक सुन तस्करी र बंगलादेशी नागरिक जाली नोटहरुको कारोबारमा संलग्न भएको अध्यागमन बिभाग ठहर छ ।यि विभिन्न अपराधिक गतिविधिमा संलग्न नागरिकलाई अदालतको फैसला पछि कैद सजाय लगायत सबै प्रक्रिया पूरा गरी कसुर हेरेर नेपालबाट निष्कासित गर्ने गरेको अध्यागमन बिभागका निर्देशक तिवारी बताउनुहुन्छ ।

विदेशी नागरिक नेपाल आएर अपराधिक गतिविधि माथि निगरानी राख्न नेपाल सरकारले विदेशी नागरिक अनुगमन निर्देशिका २०७४ समेत बनाएको विभागका निर्देशक तिवारी बताउनुहुन्छ ।साथै जिल्ला प्रमुख जिल्ला अधिकारीको मातहतमा जिल्ला अनुगमन समिति समेत रहेको र विदेशी नागरिकले नेपालको बसाईको क्रममा राजनीतिक, आर्थिक, सामाजिक,सास्कृतिक विपरित काम गर्छनकी भनेर निगरानी हुने गरेको छ । पछिल्लो समय अध्यागमन लगायत सम्बधित निकायले अपराधिक गतिविधि गर्ने विदेशी नागरिक माथि निगरानी बढाएपछि अपराधिक गर्नेहरु निरुसाहित भएको विभागको ठहर छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप