logo
२०८० चैत्र १६ शुक्रवार



सिडको सदस्यमा राणा पुनः निर्वाचित

विदेश |
राष्ट्रिय |


सिडको सदस्यमा राणा पुनः निर्वाचित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि कार्यरत समिति (सिड) मा नेपालका तर्फबाट बन्दना राणा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
महिलाविरुद्ध हुने सबै खाले हिंसा उन्मूलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरूको न्यूयोर्कमा भएको २१औं बैठकले राणालाई निर्वाचित गरेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।
सो निर्वाचनमा उहाँले १३७ मत प्राप्त गरी १९ जना उम्मेदवारबीच तेस्रो उच्च मत ल्याउने उम्मेदवार बन्नुभएको थियो । अहिले सो समितिको उपाध्यक्ष रहनुभएकी राणा समितिमा काम गर्ने पहिलो नेपाली हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?