logo
२०८१ बैशाख ७ शुक्रवार



नुवाकोट समाज जापानद्वारा आर्थिक सहयोग

विदेश |


नुवाकोट समाज जापानद्वारा आर्थिक सहयोग


नुवाकोट समाज जापानद्वारा ९० हजार रुपियाँ आर्थिक सहयोग
नवीन शिशिर विक

बागलुङ, कात्तिक २२ गते । आर्थिक अभावको कारण स्वास्थ्य उपचारबाट वञ्चित बागलुङको गलकोट नगरपालिका–४ का एक व्यक्तिलाई नुवाकोट समाज जापानले आर्थिक सहयोग गरेको छ ।
दम तथा निमोनिया रोगबाट पीडित नुवाकोटका पहलसिंह विकलाई जापानमा रहेको नुवाकोटबासीको पहलमा संकलित ९० हजार रुपियाँ नुवाकोट समाज जापान नेपाल सम्पर्क समितिले उपलब्ध गराएको हो ।
आर्थिक अभावको कारण उपचारबाट वञ्चित विकलाई समाजले गरेको सहयोग जीवनरक्षामा सहयोगी बन्ने नगर कार्यपालिका सदस्य शिवकुमारी खत्रीले बताउनुभयो । समाजले स्थापनाकालदेखि नै सामाजिक क्रियाकलप, विकास निर्माण, आपत विपद, मेला महोत्सव तथा विपन्न परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ ।
विगत विगत ४ वर्ष अघिदेखि स्वास प्रश्वास तथा निमोनिया रोगसँग लड्दै आउनुभएको छ । आर्थिक अवस्था अत्यान्तै कमजोर भएको कारण उपचारमा समस्या भएको विरामी पहलसिंह विकको भनाइ छ । उहाँले उपचारमा आर्थिक सहयोग गर्न अपिल गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?