logo
२०८० चैत्र १६ शुक्रवार

  निःशुल्क खानाबारे सहमति  



खान नपाएकालाई हप्तामा दुई दिन वडाले रोजगारी दिने

समाज |


खान नपाएकालाई हप्तामा दुई दिन वडाले रोजगारी दिने


मुकुन्द गैरे
काठमाडौं, कात्तिक २१ गते । काठमाडौं महानगरपालिकाले महानगरभित्र रोजगारी नपाएर समस्या परेकालाई हप्ताको दुई दिन अनिवार्य रोजगारी दिने भएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले काम नपाएर खान बस्नसमेत समस्यामा रहेका त्यस्ता नागरिक भोकै समस्यामा नपरुन् भनेर रोजगारीको व्यवस्था गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

कोही काम नपाएर भोकै छ भने उक्त मानिसले आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे महानगरले काम दिनेछ । महानगरले हप्ताको दुई दिन रोजगारी ग्यारेण्टी गर्ने र दिनको सात सयदेखि आठ सयसम्म ज्याला पाउने गरी हप्तामा १५ सयसम्म कमाउन सक्ने काम दिने महानगरका प्रवक्ता डंगोलले बताउनुभयो ।

महानगरले तोकेको सरसफाइ,बाटोकाे काम, बिरुवा रोप्ने लगायतको काम सुरुमा दिने महानगरको भनाइ छ । काठमाडौं महानगरभित्रका सवै वडा कार्यालयमा बेरोजगारीले आफूलाई पायक पर्ने कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । काम गर्ने उमेरकालाइ काम गरेर खानुपर्छ भनेर बानी बसाल्नको लागि मागेर होइन काम गरेर खानु र्छ भन्ने बानी बसाल्न उक्त व्यावस्था गरेको महानगरको भनाई छ ।

अपाङ्ग, असक्त र वृद्धवृद्धालाई निःशुल्क खाना र औषधि

महानगरपालिकाले अपाङ्ग, असक्त र वृद्धवृद्धा कोही आर्थिक अवस्था कमजोर भएर समस्यामा परेकालाई निःशुल्क खाना र औषधिसमेत घरघरमा पु¥यादिने प्रवक्ता डंगोलले गोरखापत्र अनलाइनलाई बताउनुभयो । महानगरपालिकाले त्यस्ता मानिसहरुलाई विगतदेखि सहयोग गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।सडकमा रहेका बालबालिकालाई महानगरले विगतमा पनि धेरैलाई व्यवस्थापन गरेको बताउँदै आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिने प्रवक्ता डंगोलले बताउनुभयो ।

तिहारपछि सार्वजनिक स्थलमा खाना खुवाउन नपाइने

सडकमा निःशुल्क खाना खुवाउँदै आएका सामाजिक संस्थाले तिहार पछि सार्वजनिक स्थलमा खाना खुवाउन नपाउने भएका छन् । काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउदै आएका उक्त संस्थाबीच उक्त सहमती भएको हो ।खाना खुवाउदै आएका ती संस्थाको अनुरोधमा नै महानगरले सहमती गरेको महानगरका प्रवक्ता डंगोलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

तिहारपछि खाना खुवाउँदा महानगरको अनुमति लिएर पार्टी प्यालेस वा कुनै व्यवस्थित ठाउँमा खाना खुवाउनुपर्नेछ । आवश्यक परे पार्टी प्यालेस लगायत ठाउँको भाडाको खर्च महानगरले दिने डंगोल बताउनुहुन्छ । निःशुल्क खाना अब महानगरभित्र ठाउँ ठाउँमा गरिने भएको छ । पार्टी प्यालेस लगायत ठाउँको व्यावस्थापन खाना खुवाउनेले गर्नु र्नेछ भने उक्त ठाउँको खर्च महानगरले दिने प्रवक्ता डंगोल बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप