logo
२०८१ बैशाख १२ बुधवार



साउदी अरेबियामा एक हजार २१७ जना नेपालीले पाए बहिर्गमन भिषा

विदेश |


साउदी अरेबियामा एक हजार २१७ जना नेपालीले पाए बहिर्गमन भिषा


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २० गते । साउदी अरेबियामा थप २७ जना नेपालीले बहिर्गमन भिषा प्राप्त गरेका छन् । साउदीस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार यस अघि एक हजार १९० जनाले पाएको थप २७ जना गरि हाल सम्म एकहजार २१७ जना नेपालीले बहिर्गमन भिषा पाएको दूतावासले जानकारी दिएको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन उक्त भिसा आवश्यक पर्छ ।
दूतावासले नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमोजिम साउदी सरकारले उक्त भिषा प्रदान गरेको हो ।

हाल कतिपय नेपालीले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेको भन्दै दूतावासले आफ्नो अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन नलगाइदिएको भएमा वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिची पठाउन अनुरोध गरेको छ ।

साथै, विभिन्न कसूरमा मुद्दा रहेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै यस्ता कागज पठाउन दूतावासको आग्रह छ ।
बहिर्गमन भिषा जारी भएकाहरु भिषा जारी भएको मितिले ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्नुहुन दूतावासको अनुरोध छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?