logo
२०८० चैत्र १६ शुक्रवार



कैलालीमा १५६ जनासहित १८४ मा सङ्क्रमण पुष्टि

फिचर |
प्रदेश |


कैलालीमा १५६ जनासहित १८४ मा सङ्क्रमण पुष्टि



अविनाश चौधरी / चाँदनी आचार्य
धनगढी, असोज १४ गते । कैलालीमा एकै दिन १५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालले पछिल्लो २४ घण्टामा ३५० नमूना जाँच गर्दा विभिन्न जिल्लाका गरी १८४ जनाको नतिजा पोजेटिभ आएको जनाइएको छ । जम्मा सङ्क्रमितमध्ये ३८ जना महिला र १४६ जना पुरुष छन् ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामात्रै ९०, टीकापुर नगरपालिकामा तीन, भजनी नगरपालिकामा १६, गोदावरी नगरपालिकामा १८ जना सङ्क्रमित थपिएका छन् । यसैगरी, कैलालीकै गौरीगङ्गा नगरपालिकामा १४, लम्कीचुहा नगरपालिकामा तीन, घोडाघोडी नगरपालिकामा नौ र कैलालीकै अरु चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कञ्चनपुरका २१, बर्दियाका १, बझाङका ३ जना, बैतडीका १ जना, अछामको १ जना रहेकाे जनाइएकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?