logo
२०८१ बैशाख ७ शुक्रवार



पोखरामा हवाई उडानको पहिलो दिन ७५ प्रतिशत यात्रु

प्रदेश |


पोखरामा हवाई उडानको पहिलो दिन ७५ प्रतिशत यात्रु


चन्द्रप्रकाश शर्मा

पोखरा, असोज ५ गते । कोरोना भाइरस कोभिड– १९ का कारण छ महिनादेखि ठप्प आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले बन्दाबन्दी अगाडि हुँदै आइरहेको उडान सङ्ख्याको २५ प्रतिशत उडान अनुमति दिएसँगै गण्डकी प्रदेशको पोखरा विमानस्थलबाट उडान सुरु भएको हो ।
सोमबार बिहान काठमाडौंबाट बुद्ध एयरको बिमानले ५५ जना र यति एयरको विमानले २६ जना यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण गरेका थिए । पोखरा–काठमाडौं उडानका लागि बुद्ध एयर र यति एयरले दुई/दुई उडान गर्ने तयारी भएपनि यात्रु अभावमा एति एयरले एउटा मात्र उडान गरेको थियो ।
पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले छ महिनापछिको पहिलो दिन ७५ प्रतिशत यात्रु भरिएको जानकारी दिनुभयो । आवश्यक सुरक्षा मापदण्ड अपनाएर हवाई उडान भइरहेको बताउँदै सुवेदीले काठमाडौंबाट पोखरा र पोखराबाट काठमाडौका लागि दुई विमान कम्पनीका दुई/दुई उडान हुने बताउनुभयो ।
पहिलो उडानमा ७२ सिट क्षमताको बुद्ध एयरले काठमाडौंबाट ५५ जना र पोखराबाट ५८ जना यात्रु, ३० सिट क्षमताको यति एयरले काठमाडौंबाट २१ जना र पोखराबाट २६ जना यात्रु लिएर उडेको विमानस्थल कार्यालयले जनाएको छ । बुद्ध एयरका स्टेशनन म्यानेजर गौतम बरालले पहिलो उडानमा यात्रु सङ्ख्या राम्रो भए पनि दिउँसोको उडानमा यात्रु सङ्ख्या न्यून रहेको बताउनुभयो । यति एयरका असिस्टेन्ट तेज बरालले पहिलो उडानमा सीमित सिट मात्र खाली भए पनि दोस्रो उडानमा यात्रु सङ्ख्या न्यून भएकाले दोस्रो उडान नहुने अवस्था आएको बताउनुभयो ।
हवाई कम्पनीहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेकाले यात्रा गर्दा सुरक्षा अपनाउँन आग्रह गर्दै आइरहेका छन् । बृद्ध, दीर्घरोगी र गर्भवती महिलाले सकभर यात्रा नगर्न, यात्रु उडान हुनुभन्दा दुई घण्टा अगाडि विमानस्थल आउँन, शरीरको तापक्रमण जाँच गरेर मात्र विमानस्थलमा प्रवेश गर्न, अनिवार्य मास्कको प्रयोग, ह्याण्ड स्यानिटाइज र फेस भाईजरको प्रयोग, कोरोना सङ्क्रमित तथा लक्षण भएका व्यक्तिलाई प्रतिबन्ध, विमानस्थलमा रहँदा, सुरक्षा जाँचको क्रममा, चेक–इन काउण्टरमा पालो पर्खदा, विमान चढ्दा, ओर्लदा भौतिक दूरी काम गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?