logo
२०८० चैत्र १५ बिहीवार



बाध्यताले कोही विदेश जान नपर्ने गरी काम गरिरहेका छौँः प्रधानमन्त्री

मुख्य समाचार |


बाध्यताले कोही विदेश जान नपर्ने गरी काम गरिरहेका छौँः प्रधानमन्त्री


गाेरखापत्र अनलाइन

काठमाडौँ, साउन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा रोजगारीको लागि कोही नेपाली बाध्यताले विदेश जान नपर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

आज राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्तराष्ट्रिय युवा दिवस २०७७ को अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली अबको केही वर्षमा रहरले कोही नेपाली विदेश जाने कुरा रहे पनि बाध्यताले आफनो दैनिकी चलाउन बाहिरी मुलुक जान नपर्ने गरी सरकारले काम बताउनुभयो ।

हाम्रो देश प्राकृतिक अथवा विविध रुपमा सम्पन्न भएको देश भएता पनि आर्थिक रुपमा पछाडि पर्नु बिडम्वना भएको प्रधामन्त्री ओलीले बताउनुभयो । अब नेपाली यूवाहरू निरास नभई हामीले देखेका सपना साकार बनाउन लाग्न युवाहरूलाई उहाँले आग्रह गर्नुभयो । प्रधामन्त्री ओलीले देशलाई विकासको गतिमा अगाडि बढाउन निरास नभई सङ्कल्प साथ अगाडि बढ्न युवाहरूलाई आग्रह गर्नुभयो । उहाँले युवाहरूको सीप, क्षमता विकास गर्न नीति, योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

सरकारले यूवाहरूको उत्थानको लागि सरकारले धेरै कार्यक्रम सञ्चालन गररहेको जानकारी दिदैँ युवाहरूका लागि भनेर करिब ७६ अर्ब जति बजेट छुट्याएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

देशलाई सुशासनपूर्ण विकासको रुपमा अगाडि लैजानुपर्ने आवश्यकता रहेको बताउँदै युवाहरूलाई देशलाई समृद्धिको यात्रामा अगाडि बढाउन लाग्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।
हामीले धेरै लक्ष्य प्राप्त गर्नुपर्ने रहेको बताउँदै दीगो विकास प्राप्त गर्न युवाको ठूलो भूमिका रहने उहाँले बताउनुभयो ।

युवाहरू राजनीतिलयायत विभिन्न क्षेत्रमा उल्लेखनीय तरिकाले अगाडि बढेको बताउँदै अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाउन सफल भएको प्रधानमन्त्रीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?