logo
२०८१ बैशाख ८ शनिवार



लकडाउन खुलेपछि २४६ जनाको शव नेपाल ल्याइयो, १७२ को विदेशमै अन्त्येष्टि

विदेश |
फिचर |


लकडाउन खुलेपछि २४६ जनाको शव नेपाल ल्याइयो, १७२ को विदेशमै अन्त्येष्टि
फाइल तस्बिर


मुकुन्द गैरे
काठमाडौँ, साउन २३ गते । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ ।
वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शवमध्ये १७२ जनाको शव विदेशमा नै अन्त्येष्टि लागि सहमति प्राप्त भएको हो । यसमध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।
बोर्डले दिइएको जानकारी अनुसार विदेशमा १५ जना महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी साउदीमा एक महिलासहित १७३ जना नेपालीले ज्यान गुमाएका छन् ।
सबैभन्दा कम ओमानमा दुई जना पुरुषले ज्यान गुमाएका छन् । यसै गरी मलेसियामा ९२ जना नेपालीले ज्यान गुमाएकोमा आठ जनाको विदेशमा अन्त्येष्टि लागि सहमति प्राप्त भएको र ८४ जनाको शव परिवारलाई बुझाइएको छ ।
युएईमा पाँच महिलासहित ८३ जनाले ज्यान गुमाएकोमा ६० जनाको शव विदेशमा अन्त्येष्टिको लागि सहमति प्राप्त भएकोमा १८ जनाको शव परिवारलाई बुझाइएको र बाँकी पाँच जनाको शव विदेशमै रहेका छन् ।
कतारमा दुई महिलासहित ७७ जना नेपालीले ज्यान गुमाएकोमा २७ जनाको शव विदेशमै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र ४९ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
कुवेतमा छ महिलासहित २५ जना नेपालीले ज्यान गुमाएकोमा १३ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र १० जनाको शव नेपालमा परिवारलाई बुझाइएको दुई जनाको शव विदेशमै रहेको छ ।
बहराइनमा ११ पुरुषले ज्यान गुमाएकोमा चार जनाको शव विदेशमा अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र छ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको छ ।
कोरियामा आठ जनाले ज्यान गुमाएकोमा पाँच जनाको शव कोरियामै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र एक जनाको शव परिवारलाई बुझाइएको तथा दुई जनाको शव कोरियामै छ ।
अन्य मुलुकका एक महिलासहित २३ जनाले ज्यान गुमाएकोमा १४ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र नौ जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
मृतक कामदारको सम्बन्धित मुलुकमा नै अन्त्येष्टिका लागि परिवारबाट सहमति प्राप्त हुने क्रम जारी रहेको बोर्डको भनाइ छ ।
वैदेशिक रोजगारीको क्रममा कोरोनाबाहेक अन्य कारणले मृत्यु भएकाको शव अन्तर्राष्ट्रिय उडान हुने बेलादेखि क्रमिक रुपमा नेपाल ल्याउने क्रम शुरु भएको बोर्डले जनाएको छ ।
सरकारले विदेशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वनाराहत स्वरुप ५० हजार रुपियाँ दिने गर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?