logo
२०८१ बैशाख ७ शुक्रवार



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित

विदेश |
कला |


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित


गोरखापत्र समाचारदाता

बेलायत, असार २१ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई ‘लारा’ निर्वाचित हुनुभएको छ ।

समाजको उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित हुनुभएको छ ।

कोभिड–१९ को कारण अनेसास बेलायतले ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन आइतबार सम्पन्न गरेको हो ।

कार्यक्रमको दोस्रो चरणमा गरिएको कविता वाचनमा कवि भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी गुरुङ, डा. रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ, सचिन गुरुङ लगायतले भाग लिनुभएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?