logo
२०८१ बैशाख ४ मंगलवार



नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा काेराेना सङ्क्रमण

स्वास्थ्य |


नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा काेराेना सङ्क्रमण


विश्वास रेग्मी 
काठमाडौँ, असार २२ गते । नेपाल वायुसेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वारचनका अनुसार १४ जनाकाे स्वाब परीक्षणा गरिएकाेमा सात जनाकाे परीक्षण रिपाेर्ट आएकाे र सात जनाकाे आउन बाँकी छ । उहाँले उद्धार उडानका क्रममा सङ्क्रमण भएको सक्ने बताउनुभयाे ।  

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजिटिभ देखिएकोमा दुःख लागेको उहाँको आधिकारिक ट्विटरमा उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजिटिभ देखिएकोमा दुख लागेको छ । सङ्कटकालीन अवस्थामा उहाँहरूले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु । उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?