logo
२०८० चैत्र १५ बिहीवार

  हवाईमार्ग अपडेट  



शनिबार एक हजार १७६ जना नेपाली स्वदेश फिर्ता

विदेश |


शनिबार एक हजार १७६ जना नेपाली स्वदेश फिर्ता


चाँदनी हमाल
काठमाडौँ, असार १३ गते । विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट शनिबार एक हजार १७६ जना नेपाली नागरिक नेपाल फर्केका छन् । त्यस्तै नेपालबाट १४७ जना विदेश उडेका छन् । शनिबार नै १५ जना नेपाली नागरिकको शव रियादबाट नेपाल आएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र त्रिभुवन विमानस्थलका अनुसार शनिबार हङकङबाट ८१ जना, कतारको दोहाबाट २४२ जना, दुबईबाट १४६ जना, साउदी अरेबियाको दमामबाट १५४ जना र रियादबाट २५४ जना, कुवेतबाट ८६ जना र अष्ट्रेलियाको मेलवर्न र मलेसियाबाट गरी २१२ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको हो ।
नेपाल फर्कनुभएका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ । लकडाउनको समय भए पनि अत्याश्यक स्थानीय उडान स्वदेशभित्र शनिबार चार वटा उडान भएको विमानस्थलले जनाएको छ ।
विदेशबाट नेपाली नागरिक ल्याउने क्रममा आइतबार मलेसिया र कतारबाट नेपाली नागरिक ल्याउने तयारी रहेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?