logo
२०८१ बैशाख १२ बुधवार



श्रमिक सूचना बैङ्कको तयारी

खुला |


श्रमिक सूचना बैङ्कको तयारी


सीता शर्मा

काठमाडौँ, जेठ १८ गते । सरकारले श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउन श्रमिक सूचना बैङ्क स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै श्रम बैङ्क र श्रमिक बैङ्क स्थापनाको कार्यक्रमलाई प्राथमिकतामा राख्नुभएको छ ।
श्रमिक बैङ्क तथा श्रम बैङ्कसम्बन्धी अध्ययन गर्न गठित कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । श्रममन्त्री रामेश्वर यादवले छिट्टै श्रमिक सूचना बैङ्क स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री यादवले आफू जिम्मेवारीमा आएको केही दिनमै गठन गर्नुभएको उक्त कार्यदलले तयार गरेको प्रतिवेदनमा श्रम सूचना बैङ्कमा श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको लेखाङ्कन गरी कुन क्षेत्रमा रोजगार वा स्वरोजगारमा रहेका अत्यावश्यक विवरण सूचना प्रविधिमा आबद्ध गरी श्रमिक र रोजगारीको क्षेत्रसम्बधी विस्तृत सूचना रहने बैङ्क स्थापना गर्न सुझाव दिएको छ ।
श्रम बैङ्कमा श्रमिकका बारेमा पनि जानकारी हुने र रोजगारदातासँगै बजारमा भएको काम र अवसरको समेत जानकारी हुने भएकाले श्रमिक र रोजगारदतालाई जोड्न सजिलो हुनेछ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?