logo
२०८० चैत्र १६ शुक्रवार



कुवेतमा एक नेपालीमा कोरोना संक्रमण भेटियो, सचेत रहन दूतावासको अपिल

विदेश |
फिचर |


कुवेतमा एक नेपालीमा कोरोना संक्रमण भेटियो, सचेत रहन दूतावासको अपिल


मुकुन्द गैरे
काठमाडौं, चैत्र २० गते । कुवेतमा एक जना नेपाली सहित संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले बुधवार एक नेपालीमा कोरोनाको संक्रमण देखा परेको जानकारी दिएको हो ।
कुवेत स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २८ जनामा नयाँ संक्रमित देखिएका मध्ये एक जना नेपाली नागरिक समेत कोरोनाको संक्रमण देखा परेको दूतावासले बताएको छ ।
कुवेतमा रहेको नेपाली राजदुतावासले विश्व स्वास्थ्य संगठनले जारी गरेको संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न कुवेतमा रहेका नेपालीलाई आग्रह गरेको छ ।
नेपाल सरकार र कुवेत सरकारद्धारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय, निर्देशन तथा सान्दर्भिक जानकारीहरु दिदै आएको समेत दूतावासले अवगत गराएको छ ।
दूतावासले कुवेतमा रहेका नेपालीलाई सरसफाईमा विशेष ध्यान दिन र सावुन पानीले पटक पटक हात धुन, मास्क तथा स्यानिटाइजर्सको प्रयोग गर्न, भिडभाडमा नजान, सामाजिक दूरी कायम गर्न, अत्यावश्यक काम बाहेक अन्य प्रयोनका लागि घरबाट ननिक्लन अपिल गरेको छ ।
आफू संक्रमित भएको शंका लागेमा अविलम्ब नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
भयभित नभई उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन साथै निराधार हल्लाको पछि नलाग्न समेत दूतावासले अनुरोध गरेको छ ।
कोरोना भाइरस संक्रमणको थप जानकारी लिन लागि स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न सकिने दूतावासले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?