logo
२०८० चैत्र १५ बिहीवार



सल्यानका तीन जनामा कोरोना ‘नेगेटिभ’

खुला |


सल्यानका तीन जनामा कोरोना ‘नेगेटिभ’


सल्यान, चैत २० गते । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सल्यानका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । बनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलाका दुई र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका एकको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

तीनै जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएकामा कोरोना रिपोर्टमा नेगेटिभ देखिएको सल्यान अस्पतालका प्रमुख डा अर्जुन बुढाले जानकारी दिनुभयो । उनीहरूको जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

यही चैत १० गते कामको सिलसिलामा भारतबाट घर आएका बनगाड कुपिण्डे–१२ निगाल्चुला माझखर्कका एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उहाँकी श्रीमतीसहितलाई सल्यान अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?