logo
२०८१ बैशाख ८ शनिवार



स्पेनमा कोरोना संक्रमित नेपालीसँग निरन्तर सम्पर्कमा छौं–दूतावास

विदेश |
फिचर |


स्पेनमा कोरोना संक्रमित नेपालीसँग निरन्तर सम्पर्कमा छौं–दूतावास


गोरखापत्र अनलाइन
काठमाडौ, चैत्र १८ गते । स्पेनमा रहेको नेपाली राजदुतावासले स्पेनमा रहेका नेपालीलाई सरकारले लागु गरेका तथा विश्व स्वास्थ्य संगठनले सुझाएका तरिकाहरु अबलम्बन गर्न अनुरोध गरेको छ ।
दूतावासले  सोमवार एक सन्देश जारी गर्दै उक्त कुरा जानकारी गराएको हो । साथै संक्रमित भई हाल अस्पतालमा रहेका नेपालीहरुसँग दूतावासको निरन्तर सम्पर्क भईरहेको पनि दूतावासले जानकारी दिएको छ ।
आफू सुरक्षित रहेमात्र परिवार, समाज र देशलाई सुरक्षित राख्न सकिने भएकोले सरकारीले जारी गरेका नियम कानुन मान्न पनि नेपालीलाई आग्रह गरिएको छ । दूतावासले विश्व स्वास्थ्य संगठनले जानकारी गराएका मार्गदर्शनहरु परिपालनाको गर्न अनुरोध गरेको छ ।
मुटु स्वासप्रश्वास सम्बन्धी, मधुमेह तथा क्यान्सर जस्ता रोगहरु भएको मानिसमा कोभिड १९ को उच्च जोखिम हुने भएकोले सचेत आग्रह गरेको छ ।
जोखिम न्यूनीकरणको लागि आफ्नो नियमित औषधि सेवन गर्ने चिकित्सको सल्लाह लिने ,विरामी व्यक्तिहरुसंग निश्चित दुरी कायम गर्ने धुम्रपान तथा मधपान नगर्न दूतावासले नेपालीलाई आग्रह गरेको छ ।
नेपालीहरुबीचको एकता, सहकार्य र समन्वयबाट नै कोरोनाभाईरस विरुद्द जित हासिल गर्ने सहयोग पुग्ने र यस्तो असाधारण समयमा पनि नेपाली राजदूतावास सबैसंग हातेमालो गर्न तत्पर रहेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?