logo
२०८१ बैशाख ८ शनिवार



बहराइनमा क्वारेन्टाइनको अवज्ञा गरे तीन महिना जेलदेखि १० हजार डिनारसम्म जरिवाना हुने

विदेश |


बहराइनमा क्वारेन्टाइनको अवज्ञा गरे तीन महिना जेलदेखि १० हजार डिनारसम्म जरिवाना हुने



मुकुन्द गैरे
काठमाडौं, चैत्र १७ गते । बहराइन सरकारले कोरोना संक्रमितहरुले क्वारेन्टाइन अवज्ञा गरेको पुष्टी भए ३ महिना जेल सजाय अथवा बहराइनी डिनार एक हजार देखि १० हजार सम्म जरिवाना हुने बताएको छ ।
बहराइनमा रहेको नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै उक्त कुरा जानकारी गराएको हो ।
साथै अर्को सूचना नआउन्जेल सम्मको लागि ५ जना भन्दा कम मानिस भेला हुन पाउने दूतावासले बताएको छ ।
पार्क तथा सार्वजनिक स्थलमा घुमघाम गर्न निषेध गरिएकोले सवै नेपालीहरुले अनुशासितभई नियम पालना गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
बहराइनमा थप संक्रमण रोक्ने उदेश्यले कुनै भेला सभा समारोह नगर्न बहराइनको श्रम मन्त्रालयले सवैमा अपिल गरेको छ ।
शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मको लागि बन्द गरेको बताईएको छ । साथै जिम, स्वमिङ पुलहरु प्रयोगमा रोक लगाइएको छ ।
बहराइन अधिराज्यमा ३० मार्च २०२० बिहानको १० बजे सम्ममा ३२,५९५ जनामा कोरोना संक्रमण भए÷ नभएको परिक्षण गरिएको दूतावासको सूचनामा उल्लेख छ ।
संक्रमित व्यक्तिको संख्या २३२ जना रहेकोमा २ जना क्रिटिकल अवस्थामा रहेको बताईएको छ ।
साथै कोवारेनटाइनमा तीन जना नेपाली नागरिकको रिजल्ट नेगेटिभ देखिए पश्चात डिस्चार्ज भएको बहराइनको परराष्ट्रमन्त्रालय मार्फत जानकारी प्राप्त भएको बहराइनमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
बहराइनमा रहेका नेपाली नागरिकलाई कुनै पनि समस्या भएमा दुतावासमा सम्पर्क गर्न बहराइनमा रहेको दूतावासले आग्रह गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?