logo
२०८१ बैशाख १३ बिहीवार



कतारमा कार्यरत नेपाली कामदारको उपचारमा पैसा नलाग्ने

विदेश |
फिचर |


कतारमा कार्यरत नेपाली कामदारको उपचारमा पैसा नलाग्ने


मुकुन्द गैरे
काठमाडौं, चैत्र १६ गते । कतारमा कार्यरत कामदारले कोरोनाको संक्रमण देखा परे वा विरामी भए निःशुल्क उपचार पाउने भएका छन् ।
कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले उक्त कुरा जानकारी गराएको हो ।
अहिलेको संकटकालको अवस्थामा हेल्थ कार्ड नभएका कामदारले पनि निःशुल्क स्वास्थ्य परिक्षण र उपचार नेपाली लगायत विदेशी सवै कामदारले पाउने छन् ।
साथै अलग्ग बसेका क्वारेन्टाइन वा उपचाररत सवै कामदारले आधारभूत तलब भत्ता पनि पाउन सक्ने मन्त्रालयले जारी गरेको जानकारी मूलक सूचनामा उल्लेख छ ।
विरामी बिदा सुविधाको लागि योग्य छन् कि छैन्न् भन्ने कुराले यसलाई असर नगर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
रोजगारदाताले कोरोना संकटको कारण कामदारको करार रद्द गर्ने अधिकार भए पनि कतारको श्रम कानुन र सम्झौताको पूर्णपालना गर्नु पर्ने बताइएको छ ।
साथै रद्द गर्नुपूर्व करारबमोजिम सूचना दिने र पाउनु पर्ने बाँकी हिसाव र घर फर्किनका लागि हवाई टिकट उपल्ब गराउनु पर्ने हुन्छ ।
कामदार र रोजगारदाता बीच सहमती भएमा कामदारले वार्षिक वा वेतलबी बिदा लिन सक्ने पनि बताइएको छ ।
यद्यपि रोजगारदाताले खाना आवास जस्ता अरु सवै सुविधाहरु भने उपलब्ध गराउनुपर्ने हुन्छ ।
कतारमा कार्यरत कुनै कामदारलाई ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्त अलग बसी कतारको कोभिड १९ को हटलाईन १६००० मा सम्पर्क गर्न सकिने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जानकारी दिएको छ ।
ज्वरो, खोकी वा सास फेर्न गाह्रो वा कोरोनाको संक्रमण भएको देशबाट आएका कामदारलाई सेल्फ आइसोलेसनमा राखिने छ ।
यदि कुनै कामदारमा संक्रमणको शंका लागेमा वा कोरोनाको लक्षण देखा परेमा परीक्षणको नतिजा नआउन्जेल सम्म उक्त कामदारलाई कतार सरकारले अलग राख्ने छ ।
कुनै कामदारलाई कोरोना संक्रमितको प्रमाणित भएमा मुकाइनिस क्षेत्रका क्वारेन्टाइन राखेर सवै उपचार र खाना वस्न निशुल्क हुने कतारले बताएको छ । नेपालीको लागि कतार रोजगारीको गन्तव्य मानिन्छ । कतारमा करिव ४ लाखको हाराहारीमा नेपाली रहेको बताइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?