logo
२०८१ बैशाख १३ बिहीवार



मलेसियाले आवागमनको आदेशको समयावधि दुई हप्ता थप्यो

विदेश |
फिचर |


मलेसियाले आवागमनको आदेशको समयावधि दुई हप्ता थप्यो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र १३ गते । मलेसिया सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गर्न आवागमनको आदेशको समयावधि थप गरेको छ ।
मलेसियामा रहेको नेपाली राजदूतावासले बुधवार एक सूचना जारी गर्दै १८ देखि ३१ मार्च सम्म लागू गरेको आवागमन आदेशको समयावधि १४ अप्रिल २०२० सम्म लागू हुने गरी थप गरेको जानकारी दिएको छ ।
साथै सो अवधिभर मलेसिया सरकारको आवागमन नियन्त्रण आदेशको पालना गर्न मलेसियामा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?