logo
२०८१ बैशाख ८ शनिवार



गैरआवासीय नेपाली संघद्वारा प्रधानमन्त्रीकाे स्वास्थ्य लाभको कामना

विदेश |


गैरआवासीय नेपाली संघद्वारा प्रधानमन्त्रीकाे स्वास्थ्य लाभको कामना


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २१ गते । संघीय गणतन्त्र नेपालका प्रधानमन्त्री केपी शर्मालाई गैरआवासीय नेपाली संघले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको दीर्घायु एवं सुस्वास्थ्यको कामना गरिएको छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा सफल रुपमा मृगौला प्रत्यारोपणको भएको खबरले समस्त गैरआवासीय नेपाली खुशी भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै, प्रधानमन्त्रीको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्न पनि उक्त संघ सँधै साथमा रहने जानकारी गराइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?