logo
२०८० चैत्र १५ बिहीवार



सेनाद्वारा बम निष्क्रिय   

राष्ट्रिय |


सेनाद्वारा बम निष्क्रिय   
फाइल फाेटाे



मार्तडी, फागुन १० गते ।  यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ ।    
 शुक्रबार राती अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभएको छ ।    
    
 रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा धर्म रोकायाको घरसमेत चर्केको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?