logo
२०८० चैत्र १६ शुक्रवार



एनआरएनएको दोस्रो विज्ञ सम्मेलन हुँदै

विदेश |


एनआरएनएको दोस्रो विज्ञ सम्मेलन हुँदै


गोरखापत्र अनलाइन
लण्डन, माघ ४ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विज्ञ सम्मेलनको तयारीका विषयमा संघका पदाधिकारीहरुले नेपाल सरकारका मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् ।
अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको थियो ।

बैठकमा विदेशमा बसेका नेपालीले सिकेको ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

नेपाल सरकारका अधिकारीहरुले विज्ञ सम्मेलनका उपलव्धिहरुलाई कसरी व्यवहारिक रुपमा लागू गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको थियो ।

एनआरएनएले आगामी अक्टोबरमा दोस्रो विश्व विज्ञ सम्मेलन काठमाडौंमा आयोजना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?