logo
२०८१ बैशाख ६ बिहीवार



अठार नेपाली कामदार चढेको बस अबुधाबीमा दुर्घटना

विदेश |
खुला |


अठार नेपाली कामदार चढेको बस अबुधाबीमा दुर्घटना



गोरखापत्र अनलाइन
काठमाडौं माघ २ गते । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा १८ नेपाली र अन्य देशका कामदार बोकेको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
सो गाडीमा २४ जना यात्रु रहेको र त्यस मध्ये ६ जना भने अन्य मुलुकका रहेको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ । मृत्यु हुनेमा नेपाली छन वा छैनन् भन्नेबारे बास्तविक जानकारी नआएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ ।
सो दुर्घटना अबुधाबीको अल राह रोडमा विहान ५ः३० बजे भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?