logo
२०८१ बैशाख ८ शनिवार



नागरिकताको अधिकार कुनै शक्तिले खोस्न सक्दैन

विदेश |


नागरिकताको अधिकार कुनै शक्तिले खोस्न सक्दैन



गोरखापत्र अनलाइन
लण्डन, पुस २१ गते । बेलायतस्थित नेपाली समुदायतले गैरआवासीय नेपालीहरुसँग सम्बन्धित नागरिकता सम्बन्धी ऐन तथा कानुनहरु तत्काल संशोधन गर्न सुझाव दिएको छ ।
गैरआवासीय नेपाली संघ, इंल्याण्ड राज्य परिषदको आयोजना अल्डरशटस्थित एम्पायर हलमा विशेष अन्र्तक्रियामा बोल्ने वक्ताहररूले समयनाकुल विदेशमा बस्ने नेपालीहरुसँग सम्बन्धित ऐन कानुन संसोधन गर्न संघीय संसदको ध्यानार्कषण गराउनुभयो ।
उहाँहरूले गैरआवासीय नेपालीहरुसँग सम्बन्धी नागरिकता, मुलुकी संहिता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका ऐनहरु संशोधन गर्न सुझाव दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संविधानले प्रत्याभूत गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई कसैले खोसेर नखोसिने बताउनुभयो ।
गैरआवासीय नेपाली संघ, इंल्याण्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका वक्ताहरुले गैरआवासीय नेपालीहरुको नागरिकता दिने संविधानले प्रत्याभूत गरेपछि पूर्ण रुपमा कार्यान्वयन नहुने बेलासम्म सजक हुनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रमा गैरआवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपुगोर्खाहरु, पत्रकारलगायत बेलायतस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?