logo
२०८१ बैशाख ७ शुक्रवार



कुकुर तिहारका दिन ट्रम्पद्वरा कुकुरको प्रशंसा

विदेश |
खुला |


कुकुर तिहारका दिन ट्रम्पद्वरा कुकुरको प्रशंसा


कृष्णराज खनाल
वोस्टन, कात्तिक १३ गते । नेपालीहरूको महानपर्व तिहारको कुकुर पूजाकादिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा अमेरिकीकुकुर के–९ को मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ ।
त्यो कुकुर अरु कोही नभएर आतंकवादी संगठन आइसीसका सर्वोच्च नेतातथा अमेरिकाले सर्वाधिकखोजी गरेकाव्यक्तिको मृत्युका नायकभएकाले त्यसको प्रशंसा गर्नुभएको हो ।
गतहप्ता अमेरिकी विशेष सुरक्षा दस्तासँग सिरियाको उत्तर पूर्वी क्षेत्रमा भएको मुठभेडमा आइसीसका प्रमुख अबुअल बगदादीले आफ्नै ज्याकेटमा जडित वमविस्फोट गराएर आत्महत्या गरेका थिए । उनको मृत्यको प्रमुख कारक त्यो कुकुर भएकोले उहाँले कुकरको खुलेरै प्रशंसा गर्नुभएको हो ।
सो क्रममा उनीलगायत अन्य तीनजना पनि मारिएको बताइएको छ ।
राष्ट्रपति ट्रमपले सोमवार साँझ ट्वीट् गर्दै उक्त कुकुरलाई धन्यवाद पनि दिनुभएको छ । उहाँले कुकुरको प्रशंसा गर्र्र्दै सो कुकुरलाई ए भेरी गुड व्वाइभन्नुभएको छ । उक्त कुकुरले विशेष सुरक्षा दस्तासँग मिलेर उनी लुकेर बसेको सुङ्ग पत्तालगाएर लखेटेपछि वाध्यभएर उनले आत्महत्या गरेका थिए । यस क्रममा कुकुर पनि सामान्य घाइते भएको थियो । राष्ट्रपति ट्रम्पले सो कुकुरको तस्वीर पनि सार्वजनिकगर्नुभएको छ तर सुरक्षाका कारण त्यसको नाम भने सार्वजनिकगर्नुभएको छैन । तर समाचारपत्रहरूले यो कुकुर बेल्जियन मेलिनोइस वामेलिनोइस सेफर्ड जातको भएको अनुमान गरेका छन् । यो कुकरको उच्च सम्मानगर्दै यसलाई पदक पनि दिइने भएको छ ।
संयुक्त दस्ताका जनरल मार्क मिलीले कुकुरले अत्यन्त ठूलो प्रशंसनीयकार्य गरेकोमा खुसी व्यक्तगर्नुभएको छ । उहाँले कुकुरलाई जुन प्रयोजनकाल ागि प्रशिक्षण दिइएको थियो, सो कार्य पूरा गरेको छ, त्यसैले यो कुकुर अमेरिकाको सम्पति हो ।
यो कुकुर मूलतः सेनाको संरक्षण र विस्फोटक पदार्थ र दुश्मनखोज्न कालागिप्रयोग गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?