logo
२०८१ बैशाख ७ शुक्रवार



प्रवासी नेपालीद्वारा आर्थिक सहयोग   

विदेश |


प्रवासी नेपालीद्वारा आर्थिक सहयोग   



बेझाड, असोज २५ गते । रोजगारीको सिलसिलामा कतारमा रहेका प्रवासी नेपालीद्वारा रामपुर नगरपालिका–१ बस्ने स्व लीलाम्बर खाँणको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।    

अर्बुद रोगका कारण ज्यान गुुमाएका खाँणको परिवारलाई कतारस्थित पाल्पाली सेवा समाजले रु ५१ हजार १० रकम सहयोग गरेको हो । यसैगरी खाँणको परिवारलाई रामपुर नगरपालिकाले रु १५ हजार रकम सहयोग गरेको छ ।    
    
पाल्पाली सेवा समाज कतार र रामपुर नगरपालिकाको सहयोगमा रु ६६ हजार १० रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गर्नुभयो ।

क्यान्सर रोगपीडित खाँणको गत असोज १३ गते ५२ वर्षको उमेरमा निधन भएको हो ।

खाँणका श्रीमती, पाँच छोरी र एक छोरा छन् ।

वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका पाल्पाका नेपाली युवाले विभिन्न रोगबाट पीडित, गरीब, विपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?