logo
२०८० चैत्र १६ शुक्रवार



गैरआवासीय नेपाली दिवश शुभारम्भ

विदेश |


गैरआवासीय नेपाली दिवश शुभारम्भ


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २५ गते । गैरआवासीय नेपालीदिवस स्वयंम्भूनाथ र पशुपतिनाथको पूजाअर्चनामाबाट शुक्रबार शुभराम्भ गरिएको छ । सो अवसरमा संघका अध्यक्ष लगायत पदाधिकारी तथ बिभिन्न मूलूकबाट पल्नु भएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्वयंम्भूनाथको दर्शन पछि त्यहा“बाट असनको अन्नपुर्णथान सम्म पदयात्राको आयोजना गरिएको थियो । संघका पदाधिकारीहरुले शंकमूलमा गैरआवासीय नेपाली संघले निर्माण गरेको एनआरएनए शंकमूलपार्कको अवलोकन भ्रमण गरेका थिए ।
गैरआवासीय नेपालीदिवसको अवसरमा संघको भवन वालुवाटारमा संघको झण्डोत्वलन संघका अध्यक्षलगायतपदाधिकारीहरुबाट गरिएको थियो र सो अवसरमा जलपानको आयोजना समेत गरिएको थियो । यस अवसरमा विभिन्न मूलूकहरुबाट सम्मेलनमा भागलिनआउनु भएका सयौं गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।


असोज २८ देखि ३० बाट संचालनहुनगइरहेको नऔं गैरअवासीय नेपालीविश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महधिवेशनमा सहभागीहुन आउनु भएका निर्वाचनप्रतिनिधिहरू तथा सहभागीको नामदर्ता गर्ने कार्य संघको सचिवालय वालुवाटारमा पुनशूचारु भएको छ । हाल सम्म १२२० जनाप्रतिनिधितथा सहभागीहरुले नामदर्ताको लागि आवेदन दिईसकेको गैरआवासीय नेपाली संघ, सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?