logo
२०८१ बैशाख ८ शनिवार



यूएईमा बस दुर्घटनामा परेकाको लास ल्याउन दूतावासद्वारा समन्वय गरिँदै

विदेश |
फिचर |


यूएईमा बस दुर्घटनामा परेकाको लास ल्याउन दूतावासद्वारा समन्वय गरिँदै


सीता शर्मा
काठमाडौं, असोज १४ गते । युएईमा बस दुर्घटनामा परी मृत्यू भएका छ नेपाली नागरिकको परिवार र कम्पनीका सिइयोसँग राजदूतावासले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको संयुक्त अरब इमिरेट्स (युएई) को आवुधावीस्थित नेपाली दूतवासले जनाएको छ ।

दुःखद् घटना भएको भन्दै दूतावासले यसलाई छिटो समाधान गर्न समन्वयात्मक भूमिका निर्वाह गरिरहेको जनाएको हो । नेपाली दूतावासले कम्पनीका सिइयो तथा सम्बन्धित निकायका प्रतिनिधिसँग राजदूत आफैँले समन्वय गरिरहनु भएको पनि जनाइएको छ ।

यूएईमा सोमबार बस दुर्घटनामा परि छ जना नेपाली नागरिकको घटनास्थलमै दुःखद् निधन भएको थियो । दूतावासका अनुसार ज्यान गुमाउने सबैको नेपालीको पहिचान खुलिसकेको छ ।

दूतावासका अनुसार ज्यान जाने नेपालीमा रमेश चौधरी (धनकुटा), दानबहादुर सत्याल (सर्लाही), कृष्णबहादुर पुन मगर (पाल्पा), नारायणप्रसाद पोख्रेल (नवलपरासी), दीपक विक (धरान), नयराम साउद (कैलाली) रहेका छन ।

दुर्घटनामा परेर नेपाली नागरिकको ज्यान गएको जानकारी प्राप्त हुनासाथ नेपाली दुतावासले आवश्यक प्रकृया अगाडि बढाएको जनाएको छ ।

दुतावासका सूचना अधिकारी रीता धितालले कम्पनीका सीईओ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग राजदूत आफैँले समन्वय गरिरहनु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा परेर ज्यान गुमाउने छ जना नेपालीका परिवारसँग कम्पनी तथा दुतावास आफैँले समन्वय गर्ने र आवश्यक सबै प्रकृयामा दूतावासले सरलीकरण गर्ने यूएईका लागि राजदूत कृष्णप्रसाद ढकालले दूतावासको सूचनामार्फत सार्वजानिक गर्नुभएको छ ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा सेक्युरिटी श्रमिक बोकेको मिनिबस सोमबार युएईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना हुँदा छ जना नेपाली नागरिकसहित आठ जनाको ज्यान गएको थियो ।

ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् । दुर्घटनामा परी मुत्यू भएका नेपालीको लास र परिवारलाई आवश्यक क्षतिपूर्ति दिलाउन दूतवासले कम्पनीसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

युएई प्रहरीका अनुसार घाइतेमध्ये पाँच भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारका लागि युएईमा रहेको अल रसिद अस्पतालमा उपचार भइरहेको जनाइएको छ । कम्पनीको काममा जान श्रमिकलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ लैजाँदै गर्दा दुर्घटना भएको हो ।

विदेशमा काम गरिरहेको कम्पनीले पठाउने व्यवस्था नगरेको खण्डमा नेपाली दूतावासले लास पठाउने खर्च बोर्डसँग माग्ने गर्छ तर अहिले युएईको घटनामा अहिलेसम्म बोर्डलाई कुनै जानकारी नभएको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले आवश्यक परेको खण्डमा नेपाली दूतावासले लास ल्याउनलाई हामीसँग खर्च माग्ने हो तर ती लास ल्याउन आवश्यक नपर्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो ‘कम्पनीमै काम गरिरहेको बेलामा दुर्घटनामा उहाँहरूको मृत्यू भएको छ, लास ल्याउने खर्च र परिवारलाई क्षतिपूर्तिका लागि दूतावासले कम्पनीसँग समन्वय गरिरहेको छ, लास नेपालसम्म ल्याउन बोर्डको खर्च आवश्यक पदैन भन्ने लागेको छ, नेपाल आएपछि भने गाउँसम्म पु¥याउन बोर्डको शववहान उपलब्ध हुन्छ ।’

साथै मृत्यका परिवार आवश्यक प्रमाण लिएर आएपछि उहाँहरूले बोर्डबाट प्राप्त गर्ने प्रतिव्यक्ति सात लाख रूपियाँ राहत रकम पनि तुरून्तै उपलब्ध गराउने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?