logo
२०८० चैत्र १६ शुक्रवार



इन्द्रजात्रा (येँयाः) पहिलोपटक बेलायतमा पनि

विदेश |


इन्द्रजात्रा (येँयाः) पहिलोपटक बेलायतमा पनि
बेलायती नागरिक हाथु हायेकिगु द्यः (स्वेत भैरव)को मुखबाट मद्यपान (जाँड) सेवन गर्दै


गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ३० गते । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मात्र सिमित रहेको इन्द्रजात्रा (येँयाः) पहिलोपटक विदेशमा पनि विधिवत् रुपमा मनाइएको छ ।

पासाः पुचः गुठी, बेलायतले राजधानी लण्डनस्थित क्लेन्स वे हलमा इन्द्रजात्रा मनाएको हो ।

करिब डेढसयभन्दा बढी नेपाली र बेलायती नागरिकहरुको सहभागितामा भएको उक्त इन्द्रजात्रामा जीवित कुमारीबाट आर्शिवाद लिइएको थियो ।

त्यसैगरी, हाथु हायेकिगु द्यः (स्वेत भैरव)को मुखबाट आगन्तुकहरुलाई मद्यपान (जाँड) सेवनसहित समय्बजी खुवाइएको थियो ।

त्यहाँ पुलुकिसी, मजिपाः लाखेको मौलिक नृत्य प्रदर्शन गरिएको थियो ।

चार वर्षीया निर्भिका जोशीलाई जीवित कुमारीको रुपमा पूजा गरिएको इन्द्रजात्रामा विभिन्न ब्यक्तिहरुले इन्द्रजात्रा पर्वसँग सम्बन्धित कथा वाचनसहित विभिन्न पात्रहरुको भूमिका निर्वाह गर्नुभएको पासाः पुचः गुठी, बेलायतका अध्यक्ष संयुक्त श्रेष्ठले जानकारी दिनुभयो । -उपेश महर्जन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?